• कार्तिक ८, २०८१
  • जुनकिरी खबर

कोशीमा बाढीपहिरोको पुनर्निर्माण गर्न ४० करोड

alt

 कोशी प्रदेश सरकारले बाढीपहिरोबाट भत्किएका संरचनाको पुनर्निर्माण गर्न ४० करोड बजेट छुट्याएको छ । प्रदेशमा मनसुनजन्य विपदबाट भएको क्षतिको पुर्ननिर्माण गर्न विपद् कोष खडा गरी कोसी सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयको विविध शीर्षकको बजेट कोषमा राख्ने प्रदेश मन्त्री परिषद्ले निर्णय गरेको हो ।

विपद्‌बाट भत्किएका पुल, सडक तथा अन्य संरचना मर्मत तथा पुनर्निर्माण कोषका लागि छुट्टै बजेट नभएकोले चालु बजेटबाट १० प्रतिशत कटौती गरी व्यवस्थापन गर्ने र त्यो कोषमा मन्त्री मण्डलमा रहेका सदस्यहरूको १० दिनको तलब जम्मा गर्ने निर्णय भएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री लीला वल्लभ अधिकारीले जानकारी दिए ।

उनले भने, प्रदेशसभा सदस्यहरूलाई समेत सहयोग गर्न सम्बन्धित संसदीय दलमार्फत आह्वान गर्ने, नागरिक समाज, संघ संस्थाहरू र नागरिकलाई समेत आग्रह गर्ने सरकारले तयारी गरेको छ । तत्कालै काम अघि बढाएर तीन महिनामा गर्ने र दीर्घकालीन रूपमा गर्नेको पुनर्निर्माणको काम वर्गीकरण गरिने बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]