• कार्तिक ८, २०८१
  • जुनकिरी खबर

इटहरीमा राष्ट्रिय भैँसी अनुसन्धान कार्यक्रम प्रभावित

alt

दरबन्दी अनुसार वैज्ञानिक नहुँदा राष्ट्रिय भैँसी अनुसन्धान कार्यक्रम प्रभावित भएको छ । सुनसरीको इटहरीस्थित तरहरामा रहेको राष्ट्रिय भैँसी अनुसन्धान कार्यालयमा ४ जना वैज्ञानिकको दरबन्दी रहेकोमा हाल दुई जना मात्र कार्यरत छन् । वैज्ञानिक अभावमा कार्यालयले अनुसन्धानको काम प्रभावकारीरूपले गर्न नसक्दा भैसीपालक कृषक नै प्रभावित भएका छन् ।
सुनसरीको तरहरास्थित भैँसी अनुसन्धान केन्द्रले नयाँ र उन्नत जातका पाडा पाडी उत्पादन गरी किसानलाई वितरण गर्दै आएको छ । तर कूल १९ जना कर्मचारीको दरबन्दीको कार्यालयमा हाल १२ जना मात्रै कार्यरत मात्र छन् ।
 
अधिकृत स्तरका ४ जना कर्मचारीको दरबन्दी रहेकोमा कार्यालयमा १ जना मात्र कार्यरत छन् । विभाग र मन्त्रालयमा वैज्ञानिक र कर्मचारी माग गरिए पनि लामो समयदेखि पदपूर्ति हुन सकेको छैन ।
 
नार्कमा नै वैज्ञानिक अभाव भएकाले पदपूर्ति हुन नसकेको राष्ट्रिय भैँसी अनुसन्धान कार्यालय, तरहरा, सुनसरीका प्रमुख पवन कुमार झाले जानकारी दिए ।
कर्मचारी समेत अभाव हुँदा केन्द्रमा भैसीपालन सम्बन्धी काममा समेत समस्या परेको छ । यसबाट किसानलाई समेत प्रत्यक्ष असर परेको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]