• कार्तिक २३, २०८१
  • जुनकिरी खबर

भागेका अभियुक्त ९ वर्षपछि पक्राउ

alt

सुनसरीको क्षेत्रीय कारागार झुम्काबाट १२ वर्षअघि सुरुङ खनेर फरार भएका कर्तव्य ज्यान मुद्दाका दोषीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इनरुवा नगरपालिका १० वलाहाका चन्द्रशेखर भनिने विनायककुमार यादव रहेका छन् । जेलबाट दुई पटक भागेका यादवलाई प्रहरीले शुक्रवार बिहान पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।
 
अदालतको फैसलापछि थुनामा रहेका उनी सहित १२ जना कैदी २०६९ साल कात्तिक २३ गते राति झुम्का कारागारबाट सुरुङ खनेर फरार भएका थिए । उनलाई पक्राउ गर्न प्रहरीले एक राउन्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।
 
२०६५ साल वैशाख १६ गते सुनसरी साबिक प्रकाशपुर- ६ का ३९ वर्षीय केशव कार्कीको विनायक र श्याम भन्ने श्यामकुमार यादवले गोली हानी हत्या गरेका थिए । सो घटनामा संलग्न भएका विनायक एक थान पेस्तोल र ११ राउन्ड गोली सहित पक्राउ परेका थिए ।
 
जिल्ला अदालत सुनसरीले उनलाई २० वर्ष ८ महिना १४ दिन कैदको फैसला सुनाएको थियो । झुम्का कारागारबाट फरार भएका यादवलार्ई प्रहरीले सप्तरीको गोबरगाड़ाबाट पक्राउ गरी सिन्धुपाल्चोक कारागारमा कैद भुक्तानीको लागी पठाएको थियो । त्याहाबाट पनि उनी २०७२ वैशाख १२ गते भूकम्प आएका बेला भागेका थिए ।
 
तत्कालीन भूमिगत सङ्गठन मधेसी मुक्ति टाइगरमा समेत आबद्ध रहेका उनी सिन्धुपाल्चोकबाट भागेपछि भारतको विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका थिए । बेलाबेला नेपाल आउने यादवलाई बिहीबार साँझ छठ पूजा मनाउँदै गरेको अवस्थामा सुनसरीको कोसी गाउँपालिका- ८ स्थित पथरचट्टान भन्ने ठाउँबाट पक्राउ गरेको तिमल्सिनाले बताए ।
 
प्रहरीलाई देखेपछि भाग्न खोजेका यादवलाई प्रहरीले गोली चलाएको थियो । भाग्न खोजेपछि घुँडामुनि एक राउन्ड फायर गर्दा उनी आत्तिएर लडेका थिए । उनलाई गोली भने नलागेको प्रहरीको भनाई छ ।
 
यादवलाई बाँकी सजाय भुक्तानका लागि शुक्रबारनै कारागार चलान गरेको तिमल्सिनाले बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]