• भदौ ११, २०७६
  • जुनकिरी खबर

राजपामा बैठकमा विवाद

alt

राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले शुक्रबार बोलाएको राजनीतिक समितिको बैठकलाई लिएर पार्टीभित्र विवाद बढेको छ । अवैधानिक रुपमा बैठक बोलाएको भन्दै अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव र शरदसिंह भण्डारीले विरोध जनाएका छन् । उनीहरुले अध्यक्ष मण्डलको सहमति विपरीत बोलाइएको बैठक हुन नसक्ने बताएका छन् । 

यादवले बोलाएको बैठकलाई अध्यक्ष मण्डलका सदस्य अनिल झाको मात्रै समर्थन रहेको छ। समाजवादी पार्टीसँग एकीकरणको प्रकृया चलिरहेका बेला त्यसलाई बिथोल्ने नियतबाट राजनीतिक समितिको बैठक बोलाइएको चार अध्यक्षहरुको भनाई छ।


यादव र झा पार्टीको महाधिवशेन अघि पार्टी एकीकरण गर्न नहुने पक्षमा छन्। अन्य नेताहरु तत्काल पार्टी एकीकरण गरेर एकता महाधिवेशन गर्नुपर्ने पक्षमा क्रियाशील छन्।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]