• मंसिर ५, २०८१
  • जुनकिरी खबर

वराहक्षेत्रमा सुविधा सम्पन्न प्रहरी भवनको उद्धघाटन

alt

धार्मिक तथा पर्यटकीय स्थल सुनसरीको वराहक्षेत्रमा सुविधा सम्पन्न प्रहरी चौकी निर्माण गरी सञ्चालनमा आएको छ । वराहक्षेत्र नगरपालिका वडा नम्बर १ मा नवनिर्मित अढाई तल्ले भवनको बुधवार कोसी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्र कुवेर खापुङले उद्धघाटन गरेका छन् ।

नेपालकै प्रसिद्ध धार्मिक तीर्थस्थल मानिएको वराहक्षेत्रमा भारतबाट समेत उल्लेख्य मात्रामा दर्शनार्थी आउने र जमघट बढी हुने भएकाले सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउनका साथै सेवा प्रवाहमा सहजता ल्याउन सुविधा सम्पन्न भवनले सहयोग पुग्ने विश्वास गरिएको छ ।

तीन करोड २१ लख ६९ हजार ३ सय १३ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको उक्त भवन काठमाण्डौको जे एस एस इन्जिनियरिङ प्रालिले १५ महिनामा निर्माण सम्पन्न गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]