• मंसिर ११, २०८१
  • जुनकिरी खबर

कोसीका पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णय

alt

कोसी प्रदेशका पूर्व मन्त्री एवं एमाले सांसद लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय सरकारी वकिलको कार्यालयले गरेको छ । सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधिवक्ता सिताराम अर्यालका अनुसार सांसद अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको हो ।

अधिकारीबाहेक मानव तस्करी प्रकरणमा जोडिएका अन्य ११ जनाविरुद्ध भने जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ । सो प्रकरणमा तीन जना फरार छन् पूर्व मन्त्री अधिकारीलाई भने मुद्दा नचलाउने निर्णय भएको हो। जापानमा हुने एक्सेस टु होम कल्चर २०२४ को सात दिने कार्यक्रममा कोसी प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका अधिकारी कात्तिक ११ गते गएका थिए । कार्यक्रममा लैजाने चाँजो पाँजो मिलाएकाले उनीसहित जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई जापान पठाएपछि अधिकारीकै सूचनाका आधारमा जापानको अध्यागमनले डिपोर्ट गरेको थियो ।

अधिकारीलेनै जापान पुगेर सो प्रकरणबारे जानकारी दिएको भन्दै सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको हो । प्रहरीले भने अधिकारीसहित १२ जनालाई तीन वटा कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको थियो ।

जापान पुगेका ३ जनालाई कात्तिक १६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।अधिकारी लाई भने कात्तिक २५ गते पक्राउ गरिएको थियो । प्रहरीले मन्त्रीसङै जापान पुगेका खोटाङको केपिलासगढी गाउँपालिका ४ का ४१ वर्षीय जनक राई, खोटाङकै ऐँसेलुखर्क गाउँपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाउँपालिका–५ का २१ वर्षीय कन्चन देवकोटा लाई पक्राउ गरेपछि थप ३ जनालाई पक्राउ गरेको थियो । अधिकारीसङ मिसाएर जापान पठाएको आरोपमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–६ का ३४ वर्षीय महेश पाण्डे, नुवाकोटको विदुर नगरपालिका–७ का २२ वर्षीय जुगल रिजाल र दोलखाको जिरी नगरपालिका–९ का ३० वर्षीय वीरबहादुर सुनुवारलाई पक्राउ गरेको थियो ।

पक्राउपछि जापान प्रकरणमा उनिहिको पनि संलग्नता खुलेको थियो। अनुसन्धानका क्रममा थप २ जनाको पनि संलग्नता खुलेको थियो। प्रहरीले खोटाङ घर भएका ४१ वर्षीय नवीन राई र ३२ वर्षीय गुड्डी राईलाई पनि पक्राउ गरेको छ। 

विष्णु भट्टराई, दिवाकर भट्टराई र गोपाल गौतम फरार छन्। गौतमले नै अधिकारीको पासपोर्ट लगायतको कागजात लगेका थिए। जापान जाने बेला दिवाकरले पासपोर्ट लगायतका कागजात दिएको अधिकारीले बताएका छन्।

उनीहरूलाई फरार सूचीमा राखेर मुद्दा दायर भएको छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]