• मंसिर ११, २०८१
  • जुनकिरी खबर

सुनसरीबाट चार हजार रुपैयाँ नक्कली नोटसहित दुई पक्राउ

alt

सुनसरीमा प्रहरीले नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ । सुनसरीको कोशी गाउँपालिका १ स्थित लौकही बजारबाट नक्कली नोटसहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, डीएसपी रामप्रसाद तिम्सिनाले जानकारी दिए ।

उनकाअनुसार पक्राउ पर्नेमा भारतको बिहारका ३१ वर्षीय रामनाथ राय र मोरङको सुन्दरहरैचाका २० वर्षीय सन्देश उराव रहेका छन् ।

 

उनीहरूको साथबाट प्रहरीले एक हजार दरको चार थान नक्कली नोट बरामद गरेको डीएसपी तिम्सिनाले जानकारी दिए ।

उनका अनुसार सोमबार राति साढे ८ बजेतिर लौकही बजारमा रहेको मनिष किराना पसलमा उनीहरूले सामान किनमेल गरी एक हजारको नोट दिएका थिए ।

उक्त नोट नक्कली रहेको शंका लागेर पसल धनीले तत्काल प्रहरीलाई खबर गरेसँगै इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका उनीहरूको साथबाट दुई थान र सामान किनेको दुईओटा पसलबाट एक-एक थान एक हजार दरको नेपाली रुपैयाँको नक्कली नोट बरामद गरेको थियो ।

 

नक्कली नोटसहित पक्राउ परेका दुवैजनाको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]