• मंसिर २१, २०८१
  • जुनकिरी खबर

हर्क साम्पाङले पत्रकारविरुद्ध दिएको धम्कीप्रति गृहमन्त्रीलाई ध्यानाकर्षण

alt

सुनसरीका सञ्चारकर्मीहरुले धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङले पत्रकारविरुद्ध दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार दिउँसो कार्यक्रममा सहभागी हुन धरान पुगेका गृहमन्त्री लेखकलाई नेपाल पत्रकार महासंघ सुनसरीले ध्यानाकर्षण पत्र बुझाएको हो । साम्पाङले बारम्बार पत्रकार लक्षित धम्कीपूर्ण अभिव्यक्ति दिँदा काम गर्ने वातावरण नै नभएको र सञ्चारकर्मीहरु असुरक्षित भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएको महासंघ सुनसरी सचिव ध्रुव ढकालले बताए ।

ध्यानाकर्षण पत्र बुझाउँदै नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वअध्यक्ष तथा अग्रज पत्रकार हर्ष सुब्बाले नगरप्रमुख साम्पाङले बारम्बार पत्रकारलाई धम्काउँदासमेत प्रहरी प्रशासनबाट कुनै कदम नचालिएको भन्दै यसमा गम्भीर हुन गृहमन्त्रीलाई आग्रह गरे ।

ध्यानाकर्षणपत्र बुझ्दै गृहमन्त्री लेखकले आफूपूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेकोले बताउँदै लोकतन्त्रमा प्रेस पूर्ण स्वतन्त्र हुनुपर्ने उल्लेख गरे । लोकतन्त्र र प्रेस एक अर्काका परिपुरक भएको जनाउँदै उनले प्रेस स्वतन्त्रता रहेपछि लोकतन्त्र जीवन्त रहने बताए । थिति र विधिविपरीत काम गर्दै आएका नगरप्रमुख साम्पाङविरुद्ध प्रहरीमा उजुरी परेको छ । उनको कामका विषयमा समाचार लेखेका पत्रकारलाई सामाजिक सञ्जालमार्फत धम्की दिएका नगरप्रमुख साम्पाङविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेको हो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]