• असार १, २०७६
  • जुनकिरी खबर

सांसदले मागे सञ्चारमन्त्रीको राजीनामा

alt

काठमाण्डौ । सत्तारूढ नेकपाका सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा सञ्चारमन्त्री गोकुल बास्कोटाको राजीनामा मागेका छन् ।

गुठीलाई सामन्ती प्रथा जोडेकोमा कडा आपत्ती जनाउँदै सांसद मानन्धरले भने, ‘सरकार प्रवक्ताको रुपमा जसलाई सामन्ती भन्नुभएको छ त्यो फिर्ता लिनुस्, होइन भने राजिनामा दिनुस् । प्रवक्ता जनताको हो । धेरै ठूलो स्वरले बोल्ने होइन ।’

सडकमा ओर्लिएका जनतालाई सान्त्वना दिनुपर्नेमा मन्त्री बाँस्कोटाले आगोमा घिउ थप्ने काम गरेको मानन्धरको आरोप छ । “संचारमन्त्रीजी, कि क्षमा माग्नुस्, कि राजिनामा दिनुस्’ उनले भने ।

गुुठियारहरुलाई आक्षेप लगाउने र अपमान गर्ने मन्त्रीहरुको दिनगन्ती सुरु हुने उनको चेतावनी छ ।

नेकपा सांसद मानन्धरले प्रधानमन्त्री केपी ओली स्वदेश फर्किएपछि विधेयक फिर्ता लिने निर्णय नगरे काठमाडौंमा आन्दोलनको आँधीबेहेरी ल्याउने चेतावनी समेत दिएका छन् । रिपोर्टर्स क्लब नेपालको कार्यक्रममा उनले भने, ‘म यहीँबाट भन्न चाहन्छु, यदि प्रधानमन्त्रीले पनि फिर्ता लिन चाहनुभएन भने हेर्दैगर्नुहोला काठमाण्डौ के हुन्छ ।’

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]