• पुस ६, २०८१
  • जुनकिरी खबर

कोशी प्रदेशका १३ सिमेन्ट उद्योग बन्द हुने अवस्थामा

alt

कोशी प्रदेशमा २० अर्बभन्दा बढी लगानीमा स्थापना भएका सिमेन्ट उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन्। प्रदेशभर रहेका १५ सिमेन्ट उद्योगमध्ये १३ वटा क्लिङ्कर किनेर सिमेन्ट उत्पादन गर्ने उद्योगहरू धमाधम बन्द हुन थालेका हुन्।

हाल १३ मध्ये ८ वटा उद्योग पूर्णरूपमा बन्द भइसकेका छन् भने बाँकी ६ वटा उद्योगले पनि क्षमताको २० देखि ३० प्रतिशत मात्रै उत्पादन गरिरहेका छन्। सरकारी स्वामित्वको उदयपुर सिमेन्ट र धनकुटाको निगाले सिमेन्ट मात्र आफैं क्लिङ्कर उत्पादन गर्ने उद्योग हुन्।

झापामा सबैभन्दा बढी ८ वटा सिमेन्ट उद्योग छन्। जसमध्ये मनषा, मित्तल, सनराइज र कावेली सिमेन्ट उद्योग बन्द भइसकेका छन्। त्यस्तै मोरङमा ४, सुनसरीमा १, उदयपुरमा १ र धनकुटामा १ वटा उद्योग छन्।

सरकारले पूँजीगत खर्च गर्न नसक्नु, ठूला आयोजना निर्माण नहुनु, निर्माण व्यवसायीको भुक्तानी बक्यौता रहनु र भारतले नेपाली सिमेन्टमा रोक लगाउनुका कारण सिमेन्टको माग घटेको उद्योगीहरू बताउँछन्। यस्तै बैंकको ऋण र उच्च उत्पादन लागतका कारण उद्योग सञ्चालन गर्न नसकिने भन्दै उद्योगीहरूले सरकारसँग रुग्ण घोषणा गरी बन्द गर्ने अनुमति मागेका छन्।

उद्योग बन्द हुँदा ३ हजारभन्दा बढी कामदारको रोजगारी गुम्ने अवस्था सिर्जना भएको छ। उद्योगीहरूले भ्याट र अन्तःशुल्कमा छुट दिएर उद्योग बचाउन सरकारसँग माग गरेका छन्। 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]