• पुस ८, २०८१
  • जुनकिरी खबर

बुढासुब्बा गोल्ड कपको २५ औँ संस्करण माघ १९ गते देखी हुने

alt

मोफसलकै प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५ औँ संस्करण आगामी माघ १९ गते देखी हुने भएको छ । आयोजक धरान फुटबल क्लबले सोमबार पत्रकार सम्मेलन गर्दे माघ १९ गतेदेखि २६ गतेसम्म प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो ।
 
धरान १६ स्थित धरान रङ्गशालामा हुने प्रतियोगितामा आयोजक क्लब सहित ८ टिम सहभागी हुने अध्यक्ष प्रताप तामाङले जानकारी दिए । प्रतियोगितामा नेपालका पाँच ए डिभिजन क्लब सहित भारत र भुटानका क्लब समेत सहभागी हुने अध्यक्ष तामाङले जानकारी दिए । प्रतियोगितामा गत वर्षको विजेता न्यु रोड टिम एनआरटी, लिग च्याम्पियन चर्च ब्वाइज, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी, मच्छिन्द्र फुटबल क्लब, भुटान फुटबल एकेडेमी, युके एफसी भारत, काँकडभिट्टा फुटबल टेनिङ सेन्टर झापा, राष्ट्रिय जागृति क्लब इटहरी र आयोजक धरान फुटबल क्लबलाई सम्भावित टिममा राखिएको  आयोजकले जनाएको छ । 
 
विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख पाउने प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख पाउनेछन् भने प्रत्येक खेलको म्यान अफ दि म्याचले १५ हजार नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद ३५ हजार पाउँदा उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार पुरस्कार पाउनेछन् ।
 
प्रतियोगितामा ९८ लाख ७५ हजार खर्च हुने र विभिन्न निकाय तथा व्यक्तिहरूबाट १ करोड २ लाख २५ हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको आयोजकको अनुमान छ । प्रतियोगितालाई धरान उपमहानगरपालिकाले संयोजक गरेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]