• पुस १६, २०८१
  • जुनकिरी खबर

सुनसरीमा शङ्कास्पद बस्तुको डिस्पोज

alt

सुनसरीको विभिन्न तीन स्थानमा बिहान फेला परेको शङ्कास्पद बस्तु लाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । इटहरी उपमहानगरपालिका कार्यालयको प्रवेशद्वार, सुनसरी मोरङको सिमाना पर्ने बुढी खोलाको पुलमुनि र धरानको भोटे पुल नजिकै शङ्कास्पद बस्तु फेला परेको थियो । तर फेला परेको सबै बस्तु विस्फोटक पदार्थ नभएको सेनाले जनाएको छ । त्रास फैलाउने हिसाबले मात्र प्रेसर कुकर भित्र कागजको खोलहरू भरेर कालो झोला राखिएको प्रहरीले जनाएको छ । बुढी खोला र धरानको सेउती खोलमा भने कपडाको बोरा मात्र भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख सुमन तिम्सिनाले जानकारी दिए । 
 
शङ्कास्पद बस्तु फेला परेको स्थानमा राष्ट्रिय सुरक्षा दल नेपालको प्रचार भेटिएको छ । प्रचारमा संवैधानिक राजसंस्था र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, वैदिक सनातन हिन्दुराष्ट र सङ्घीयता खारेजको माग समावेश छन् । 
 
सुनसरी प्रहरीका अनुसार शङ्कास्पद बस्तु राखेको भनेर प्रहरीले बोक्ने सञ्चारको मोबाइलमा म्यासेज आएको थियो । म्यासेज गर्ने व्यक्ति र बम राख्ने समूहको अनुसन्धानमा प्रहरी जुटेको जनाइएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]