• पुस २३, २०८१
  • जुनकिरी खबर

अम्बे कोशी सहकारी समस्याग्रस्त घोषणा

alt

केही दिन अघि कोशी प्रदेश सरकारले गठन गरेको सङ्कटग्रस्त सहकारी व्यवस्थापन समितिले काम थालेको छ । समितिको सिफारिसमा कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयले इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थालाई  समस्याग्रस्त सहकारी घोषणा गरेको छ। १३ हजार बचतकर्ताबाट ६१ करोड रुपैयाँ भन्दा बढी हिनामिना भएको अम्बे बचत तथा ऋण सहकारीमा बचत कर्ताको रकम फिर्ता गर्नका लागि थप अध्ययन भइरहेको उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले दिएको जानकारी दिए ।
 
उनका अनुसार समितिले प्रदेशका अन्य अन्य समस्याग्रस्त सहकारीहरूको पनि अध्ययन गरिरहेको बताए ।  अम्बे कोशी बचत तथा ऋण  सहकारीले विराट चोक, विराटनगर र दमकमा शाखा कार्यालय स्थापना गरे बचत तथा ऋणको कारोबार गर्दै आएको थियो ।
 
सहकारीमा सङ्कट उत्पन्न भएपछि बचतकर्ताहरू आन्दोलन गर्दै आएका छन् । बचतकर्ताको रकम फिर्ता नभएपछि  सहकारीका अध्यक्ष फणीन्द्र मगर हाल पुर्पक्षका लागि थुनामा रहेका छन् भने केही सञ्चालकहरू धरौटीमा रिहा भएका छन्।
 
कोशी प्रदेश सरकारले गत पुस १८ गते वरिष्ठ अधिवक्ता भरतबहादुर थापाको नेतृत्वमा सङ्कटग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरेको थियो। समिति गठन भएको पाँच दिनपछि सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको हो।सहकारीले फर्जी ऋणी खडा गरेर बचतकर्ताको रकम हिनामिना गरेको देखिएको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]