• पुस २३, २०८१
  • जुनकिरी खबर

सुनसरी, मोरङ र झापाका सिडिओको सरुवा

alt

सरकारले सुनसरी, मोरङ र झापाका सिडिओको सरुवा गरेको छ । सुनसरी, मोरङ र झापाकासहित सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको हो ।

गृह मन्त्रालयले सुनसरी, मोरङ, काठमाडौं, कैलालीलगायत जिल्लाका सिडिओहरूको सरुवा गरेको हो । सुनसरीका सिडिओ रामचन्द्र तिवारीलाई गृह मन्त्रालय सरुवा गरिएको छ ।

तिवारीको स्थानमा कैलालीका सिडिओ धर्मेन्द्र कुमार मिश्र आउने भएका छन् । मोरङका सिडिओ प्रेमप्रसाद भट्टराईलाई गृह मन्त्रालय सरुवा गरिएको छ । उनको स्थानमा इन्द्रदेव यादव आउने भएका छन् । झापाका सिडिओ बन्धुप्रसाद बास्तोलालाई गृह मन्त्रालय सरुवा गरिएको छ । उनको स्थानमा सर्लाहीका सिडिओ गोपालकुमार अधिकारी आउने भएका छन् ।

यसैगरी काठमाडौंका सिडिओ जयनारायण आचार्यलाई गृह मन्त्रालयमा, सल्यानका सिडिओ शम्भुप्रसाद रेग्मीलाई गृह मन्त्रालयमा सरुवा गरेको छ । त्यस्तै, गृह मन्त्रालयका सहसचिव गोगनबहादुर हमाललाई कैलालीको सिडिओ, तुलसीबहादुर श्रेष्ठलाई सर्लाहीको सिडिओ, ऋषिराम तिवारीलाई काठमाडौंको सिडिओमा सरुवा गरिएको छ ।

त्यस्तै, दाङका सहायक सिडिओ सावित्रा पुनलाई सल्यानको सिडिओमा सरुवा गरिएको हो।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]