• पुस २६, २०८१
  • जुनकिरी खबर

इटहरीमा सुरु भएनन् नगर/वडा स्तरीय योजना

alt

इटहरी उपमहानगरपालिकाले नगर तथा वडा स्तरीय आयोजना सुरु गर्न सकेको छैन । बजेट नीति तथा कार्यक्रमलाई धमाधम कार्यान्वयन गर्नुपर्ने बेला रकम अभावको कारण एउटा पनि योजना सुरु हुन नसकेको हो ।

आर्थिक वर्ष २०८०/०८१ कै भुक्तानी धेरै बाँकी रहेकाले नयाँ योजना सुरु गर्न नसक्ने अवस्थामा उपमहानगर पुगेको छ । दैनिक जसो भुक्तानीको लागि आउने निर्माण व्यवसायी र उपभोक्ता समितिको भिडभाडले लेखा शाखामा भिड नै लाग्छ । भौतिक पूर्वाधार बाहेक अन्य सामाजिक गतिविधिको तोक आदेशमा दिइएका योजनाको भुक्तानीले उपमहानगरलाई झनै समस्यामा पारेको हो ।

उपमहानगरपालिकाले खरिद गरेको रोड वासरको ६५ लाख हाराहारी रकम समेत भुक्तानी हुन सकेको छैन । भुक्तानी वा जवाफ माग गर्दै गत असोजमा विक्रेता कम्पनी स्पार्क अटोमोटीभ्सले निवेदन दिएको थियो । कम्पनीले दिएको निवेदन लेखा शाखामा पुगेर थन्किएको छ । त्यस बाहेक अन्य विक्रेता वा निर्माण कम्पनीले समेत भुक्तानी पाएका छैनन् ।

गत आर्थिक वर्षमा ३४ करोड ८३ लाख ८७ हजार आन्तरिक आम्दानी गरेको उपमहानगरले यस पटक झण्डै तीनसय प्रतिशत बढी अनुमान गरेको छ । अनुमानकै आधारमा नगर स्तरीय योजना छनौट गरे पनि सुरुवात हुन सकेको छैन । गत वर्षको मङ्सिर मसान्त सम्ममा १३  करोड ३७ लाख सङ्कलन गरेको उपमहानगरले यस पटक भने बढाएर १५ करोड ३ लाख पुर्‍याएको छ । तथापि लक्ष्य अनुसारको सङ्कलन हुने छाटकाट देखिएको छैन ।

आर्थिक वर्ष २०८१/८२ को लागि पारित बजेट नीति तथा कार्यक्रमको कार्यान्वयन भन्दा पनि अघिल्लो आर्थिक वर्षकै दायित्व भुक्तानीमा उपमहानगर लागि परेको छ । योजना शाखा प्रमुख माया राईका अनुसार सङ्घीय र प्रदेश स्तरका योजनाहरूको काम भइरहेका छन् । नगर स्तरका योजना कार्यान्वयनको लागि आदेश नआएको हुँदा कहिले र कसरी सञ्चालन गर्ने अन्योल रहेको उनको भनाइ छ ।  तत्काल सुरु गर्न अनुमति नपाएको र माघदेखि योजना सुरु हुनसक्ने उनको अनुमान छ ।

इटहरी उपमहानगरपालिकाको आर्थिक ऐनमा भने जेठ मसान्त भित्र योजना पुरा गर्नै पर्ने प्रावधान समेटिएको छ । जेठ पछि नयाँ आर्थिक वर्षको योजना तर्जुमा गर्नुपर्ने भएकाले जेठ अगावै योजना सक्नुपर्ने उपमहानगरको नीति छ । उपमहानगरको आर्थिक नीति र गतिविधि बिच तारतम्य नमिल्दा योजनाहरू प्रभावित हुने सम्भावना बढ्दै गएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]