• पुस २८, २०८१
  • जुनकिरी खबर

इटहरीमा ‘जब कविता जुलुसमा निस्कन्छ’को विमाेचन

alt

कविता सङ्ग्रह ‘जब कविता जुलुसमा निस्कन्छ’को विमोचन भएको छ । शनिबार क्यानभास साहित्य समाजको आयोजनामा सङ्गीत साधना प्रतिष्ठान नेपालको सभाहलमा गृह विमोचन गरिएको हो ।

कवि सुरज रानाद्धारा लिखित उक्त सङ्ग्रहमा ४५ वटा कविता समावेश छ । कवि सुदीप पाख्रिनले सङ्ग्रहभित्रबाट ‘अनुभूति’ शीर्षकको कविता वाचन गरेसँगै गृह विमोचन भएको थियो । त्यसपछि कवि टीका आत्रेयले ‘सपना–जुत्ता’ र धीरज राईले ‘ओ बाहुनी’ शीर्षकको कविता वाचन गरे ।
कविता सङ्ग्रहमाथि कवि सीमा आभासले चर्चा गरिन् । कविले आफ्नो पहिचान र समुदायको कुरा कवितामार्फत पनि भन्न सकिने र उक्त सङ्ग्रहभित्र विद्रोहको स्वरसमेत रहेको उदृत गरिन् ।

‘कविले आफ्नो समुदायका मुद्वा ल्याउन पर्छ, त्यसमा सुरज सफल भएका छन्,’ उनले भनिन्, ‘लेखकलाई आफ्नोपनको छाप बनाउने चुनौती छ । म अरूभन्दा अलग हो भन्ने देखाउन चुनौतीमा हामी सबै छौँ । त्यो चुनौतीलाई चिर्नका निम्ति कवितामा आफ्नोपन आवश्यक हुन्छ ।’

कार्यक्रमको अर्को खण्डमा ‘सुरजसँग संवाद’ कार्यक्रम आयोजना गरियो । जसमा कवि रानासँग अमित थेवेले प्रश्नोत्तर गरे । कविता लेखन, सङ्ग्रह, पहिचान, सम्भव समूहलगायतबारे प्रश्नोत्तर भएको थियो ।

कार्यक्रममा कविहरूलाई कोशी प्रदेशसभा सदस्य मीना श्रेष्ठ, सङ्गीत साधना प्रतिष्ठानका महासचिव राजु केसी, कविहरू देवान किराती, डा. अस्मिता विष्ट, हेमन यात्री, एकु घिमिरे, किरण.टी लिम्बू, भरत दाहाललगायतले मायाको चिनो वितरण गरे ।

क्यानभास साहित्य समाजले १० वर्षयता विभिन्न साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको संस्थाका सचिव विवेक विवश रेग्मीले जनाए । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]