• माघ १, २०८१
  • जुनकिरी खबर

कोशी ब्यारेजमा कोशी स्नान र मेला

alt

पौषशुक्ल पूर्णिमा अर्थात् माघ स्नान आजदेखि सुरु भएको छ । पौषशुक्ल पूर्णिमाको दिन आज सप्तरीको भारदहस्थित कोशी ब्यारेजमा लाग्ने कोशी मेलामा श्रद्धालु भक्तजनहरुको बिहानैदेखि घुइँचो लागेको।

सप्तकोशी नदीमा स्नान गरी मेला भर्न आउनेहरुको आज बिहानदेखि भीड लागेको हो । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका -१ भारदहस्थित कोशी ब्यारेज, हनुमाननगर, कुनौली, सप्तकोशी नगरपालिका-६ स्थित म्याग्जिन चौरिया, कञ्चननरुप नगरपालिकाको जगतपुरस्थित कनकट्टासहित कोशी नदी बग्ने अधिकांश स्थानहरुमा आज कोशी स्नान र मेला भर्नेहरुको संख्या बढी छ ।

सवारीसाधन सहज रुपमा पुग्न सक्ने ब्यारेज बाहेकका ठाउँमा बयलगाडा, मोटरसाइकल, रिक्सा, साइकलसहितका अन्य सवारीसाधनबाट मेला भर्न तथा कोशी स्नानका लागि आउनेहरुको दिनभरि नै घुइँचो लाग्ने छ । 

यो दिन कोशी स्नान गरे पापबाट मुक्ति पाउने तथा गंगास्नान गरे सरह हुने जनविश्वास रहेको छ । यस दिन बिहानै कोशी नदीमा नुहाएर मिठोचोखो खाने कुराहरु खाने चलन छ । कोशी स्नानपछि भुजा, च्युरा, पुरी, तरकारी, जेरीसहितका मिठाइहरु खाने प्रचलन छ । कोशी नदीलाई कौशिका माताको रुपमा पूजा गर्ने चलन अनुसार यस दिन कोशीमा नुहाएर खानेकुरा खाए हरेक इच्छा पूरा हुने जनविश्वास रहेको स्थानीय बुढापाकाहरू बताउँछन् ।

कोशी मेलालाई कृषि मेलाका रुपमा समेत चिनिने कोशी मेलामा कृषि औजारका साथै घरेलु औजार (हस्त निर्मित सामग्री)हरुको खरिद बिक्री हुने गरेको छ । सप्तरीको १८ वटा पालिकाहरुमध्ये कोशी क्षेत्रका अधिकांश पालिकाहरुले आज स्थानीय बिदासमेत दिएका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]