• माघ २४, २०८१
  • जुनकिरी खबर

इटहरी उप-महानगरमा मेयर र उपमेयरको के हो विवाद ?

alt

इटहरीमा कर्मचारीको कार्यकक्षमा उपमेयर संगीता कुमारी चौधरीले लगाएको तालाबन्दी मेयर हेमकर्ण पौडेलको निर्देशनमा फोडिएको छ । चौधरीको नेतृत्वमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले तत्कालीन प्रशासन महाशाखा प्रमुख सञ्जीव खड्काको कार्यकक्षमा गत माघ ११ गते तालाबन्दी गरेका थिए ।

कर्मचारी सरूवा गर्दा सहमति नगरेको, सरूवा भएका कर्मचारीहरूको सर्भर डाउन गरी आइडी पासवर्ड डिएक्टिभ गरिएको र त्यसले वडाको काम प्रभावित भएको भन्दै चौधरीलसहित एमाले जनप्रतिनिधिहरूले तालाबन्दी गरेका थिए । तर, बुधबार मेयर पौडेलको निर्देशनमा इटहरी ६ का वडाध्यक्ष एवम् उपमहानगरका प्रवक्ता दिवस पोखरेलले ताला फोडेका हुन् ।

यसअघि तत्कालीन प्रशासन प्रमुख खड्काको देवानगञ्ज सरुवा भएसँगै उक्त शाखामा दीपक पौडेलले काम सुरू गरिसकेका छन् । कार्यकक्षमा तालाबन्दी गरिएपछि कर्मचारीहरूले ४८ घण्टाभित्र माफी माग्नुपर्ने बताएपनि हालसम्म विवाद टुंगिएको थिएन । खासगरी गत २८ पुसमा मेयर हेमकर्ण पौडेल र प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताको निर्देशनमा तत्कालीन प्रशासन महाशाखा प्रमुख खड्काको हस्ताक्षरमा ७७ जना कर्मचारीको सरूवा गरिएको थियो ।

कर्मचारी सरूवामा मनपरी गरेको र एमालेबाट निर्वाचित जनप्रतिनिधिसँग सल्लाह नगरिएको भन्दै उपप्रमुख चौधरीसहितका जनप्रतिनिधि आक्रोशित थिए ।

कर्मचारी सरूवा गर्दा पक्षपात गरेको भन्दै माघ ३ गते कार्यवाहक मेयर चौधरीको अध्यक्षतामा बसेको बहुमत कार्यपालिका सदस्यको बैठकले सरूवाको निर्णय उल्टाएको थियो । मेयर पौडेलले चौधरीलाई कार्यवाहक प्रमुख तोकेर आफू भारत गएको समयमा चौधरीले प्रशासन प्रमुखकको कार्यकक्षमा तालाबन्दी गरेपछि विवाद उत्कर्षमा पुगेको हो ।

मेयर पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कर्मचारी ट्रेड युनियनहरूद्वारा आन्दोलनको कार्यक्रमसहित प्रेस विज्ञप्ति जारी भएको अवस्थामा २२ माघ २०८१ मा मेरो कार्यकक्षमा उपप्रमुखसहित जनप्रतिनिधिहरूसँग समस्या समाधानका निम्ति छलफल भएको थियो । तर, प्रशासन शाखामा लगाइएको ताला खोल्ने विषयमा सहमति हुन सकेन ।’

 

पालिकामा जनप्रतिनिधि र कर्मचारीहरूको सहकार्य र एकापसको आत्मसम्मानसहित सेवाग्राहीलाई सेवा दिनुपर्ने भएपनि तालाबन्दीका कारण काम ठप्प भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । तालाबन्दीका कारण दैनिक कामकाजमा समस्या भएको भन्दै ताला फोड्न निर्देशन दिएको मेयर पौडेलले जनाए ।

उपमेयर चौधरीका अनुसार आज (बिहीबार) पुनः छलफल गर्ने तयारी छ । उक्त छलफलमा पनि सहमति जुटेन भने मेयरकै कार्यकक्षमा ताला लाग्ने उनले चेतावनी दिइन् ।

यसअघि १३ माघमा एकीकृत सरकारी कर्मचारी सङ्गठन सुनसरी, राष्ट्रिय कर्मचारी सङ्गठन सुनसरी, नेपाल निजामती युनियन सुनसरी र नेपाल निजामती कर्मचारी युनियन इटहरी कमिटीले संयुक्त विज्ञप्ति सार्वजनिक गरी उपमेयर चौधरीलाई आत्मआलोचना गर्न र ताला खोल्न ४८ घण्टे अल्टिमेटम दिएका थिए ।

मेयर पौडेलले उक्त विज्ञप्ति बुझ्दै आफूले सो समयभित्र विवाद समाधान गर्ने उल्लेख गरेका थिए । तर, विवाद समाधान हुने भन्दा पनि विवाद उत्कर्षमा पुगेको हो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]