• माघ २९, २०८१
  • जुनकिरी खबर

सुनसरीबाट नक्कली इन्स्पेक्टर पक्राउ

alt

प्रहरीको हिरासतमा रहेकालाई छुटाइदिने भन्दै रकम असुली गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इनरुवा नगरपालिका वडा नं. ६ घर बताउने २२ वर्षीय आकाश भन्ने विनोद दाहाल रहेका छन् ।

लागूऔषध मुद्धाको अनुसन्धानको सिलसिलामा म्याद थप भइ इलाका प्रहरी कार्यालय पकलीको हिरासतमा रहेका प्रतिवादी हेमन विश्वकर्मालाई हिरासतबाट मुक्त गरीदिने र आफूलाई प्रहरी निरीक्षक भन्दै रकम असुली गरेको आरोपमा उनलाई पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख, एसपी सुमन तिम्सिनाले जानकारी दिए । प्रतिवादी हेमनकी आमा लीला विश्वकर्माबाट पटकपटक गरी २५ हजार रकम लिएको र थप १५ हजार भएमा छुटाइदिने भन्दै ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

पीडितले प्रहरीमा उजुरी दिएपछि दाहाललाई रामधुनी नगरपालिका वडा नं. ५ स्थित लगौना मोडबाट रकम लिदैँ गरेको अवस्थामा पक्राउ गरिएको एसपी तिम्सिनाले बताए ।

रकमसहित पक्राउ परेका उनको साथबाट १५ हजार र दाहालले प्रयोग गर्ने मोबाइल एक थान बरामद गरी पक्राउ गरिएको हो । पक्राउ परेका उनीविरूद्ध प्रहरीले जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी ठगी कसुरमा अनुसन्धान गरिरहेको सुनसरी प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]