• फागुन १२, २०८१
  • जुनकिरी खबर

इटहरीको जनता स्कुलमा सिट सङ्ख्याभन्दा दोब्बर बढी आवेदन

alt

इटहरीस्थित जनता स्कुलको यस वर्षको भर्नामा समेत अभिभावक हरूको उत्साहजनक चासो देखिएको छ । सरस्वती पूजाकै दिन ३५० वटा आवेदन आएकोमा निरन्तर आवेदन दिने विद्यार्थीहरू बढिरहेको प्रधानाध्यापक पशुपति सिग्देलले जानकारी दिएका छन् ।

उनका अनुसार यस वर्ष सेक्टर १ मा १८५ र सेक्टर २ मा २४० जना विद्यार्थी भर्ना लिन लागिएको छ । जसअनुसार सेक्टर १ मा नर्सरीमा २५ जना र कक्षा ६, ७, ८ र ९ मा ४०–४० जनाका दरले भर्ना लिन लागिएको छ भने सेक्टर २ मा कक्षा ४ देखि ९ सम्म ४०-४० जनाका दरले विद्यार्थी भर्ना लिन लागिएको हो । दुवै सेक्टरमा अङ्ग्रेजी माध्यमबाट पढाइ हुने बताइएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालका अनुसार अहिले विद्यालयको दुवै सेक्टरमा कक्षा कोठा थप भएकोले थप विद्यार्थी भर्ना लिन लागिएको हो । ‘हाम्रो सिट सङ्ख्याभन्दा दोब्बर बढी आवेदन परेकाले अध्ययन गर्न नपाएका विद्यार्थीहरूलाई यो वर्ष केही अवसर सृजना भएको छ,’ उनले भने, ‘भवन र कक्षा कोठा थप भयो भने हामी सबै इच्छुक अविभावकहरुका बालबालिकाहरूलाई पढाउन सक्ने गरी व्यवस्थापन गरेका छौँ ।’

विद्यालयले भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरका साथै अतिरिक्त क्रियाकलापलाई पनि सुधार गर्दै लगेको छ । जनता स्कुल सुनसरीकै उत्कृष्ट स्कुलको रूपमा प्रदेश सरकारबाट पुरस्कृत भइसकेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]