• फागुन २५, २०८१
  • जुनकिरी खबर

इटहरीमा इस्टर्न टुरिजम मार्ट सुरु

alt

आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवर्धनका लागि एकिकृत प्रयास गर्ने उदेश्वले सुरु गरिएको इस्टर्न टुरिजम मार्टको पांचौ संस्करण इटहरीमा सुरु भएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा आइतबार सुरु मार्टको कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्धघाटन गरेका छन ।

कोशी प्रदेशको पर्यटनका मुख्य लक्षित बर्ग भारतीय पर्यटकहरु र प्रदेशका पर्यटन ब्यवशायीहरुबिच एक स्थानमा जमघट गराएर ब्यवशाय आदनप्रदान गराउने उदेश्वले सुरु मार्ट तीनदिनसम्म चल्ने आयोजकले जनाएको छ । कार्यक्रमको अवधीमा कोशी प्रदेशका ब्यवशायी, आकर्षण र गन्तब्यहरुको एकिकृत प्रवद्र्धन हुनेगरी बिभिन्न प्रस्तुती रहने कार्यक्रम संयोजक रबिन गौतमले जानकारी दिए । 

 भारतको बंगाल, बिहार, सिक्किम र भुटानका गरी एक सय बढी पर्यटन ब्यवशायी, ग्रामिण पर्यटनकर्मी र धार्मिक पर्यटन क्षेत्रका संस्थाहरु सहभागी छन । कोशी प्रदेशका १४ वटा जिल्ला झल्कने स्टलहरु समेत रहेको कार्यक्रम संयोजक गौतमले जानकारी दिए । कार्यक्रम दुई दिनसम्म इटहरीमा चल्ने र अन्तिम दिन मंगलबार बिराटनगरमा समापन गरिने नेपाल पर्यटन बोर्डका कार्यक्रम प्रबन्धक उदय भटराईले बताए ।

कार्यक्रमका दौरानमा प्रमुख पर्यटकीय गन्तब्यहरु धरान, भेडेटार, बराहक्षेत्र, कोशीटप्पु, रामधुनी लगायतका स्थानहरुको अवलोकन तथा अन्तरक्रिया गराइने छ । कार्यक्रममा पूर्वक्षेत्रको पर्यटन पूर्वाधारमा ठुलो लगानी गर्ने ब्यवशायीहरुलाई पर्यटन एवार्डले सम्मान गरिने जनाइएको छ ।

कार्यक्रम सम्पन्न गर्न पर्यटन बोर्डले ३० लाख, इटहरी उपमहानगर र कोशी प्रदेश सरकारले पांच–पांच लाख रुपैया उपलब्ध गराउने भटराईले जानकारी दिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]