• चैत ८, २०८१
  • जुनकिरी खबर

सुनसरीमा स्वाइन फिवर नियन्त्रण नहुँदा किसान चिन्तित

alt

सुनसरीको किसानले पालेको बङ्गुरमा फैलिएको स्वाइन फिवरको प्रकोप नियन्त्रण हुन नसक्दा किसान चिन्तित भएका छन् । दुई साताअघि दुहबी र रामधुनी नगरपालिकाका किसानले पालेको बङ्गुरमा देखिएको अफ्रिकन स्वाइन फीवरको प्रकोप अहिले धरान उपमहानगरका फर्महरूमा देखिन थालेको छ ।
 
बङ्गुर पालनको लागि प्रसिद्ध मानिएको धरानमा पछिल्लो समय धमाधम बङ्गुर मर्न थालेपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र सुनसरीले अनुगमन गरी स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाएको छ । अघिल्लो बर्सहरूमा पनि धरानमा किसानले पालेको बङ्गुरमा स्वाइन फिवरको प्रकोप देखिएको थियो ।
 
उक्त प्रकोपबाट धरानमा मात्र किसानले ३० करोड बराबरको क्षति ब्योहोर्नुपरेको थियो । यो वर्ष पनि अहिलेसम्म तीन दर्जन बढी बङ्गुर धमाधम मरिसकेकाले अफ्रिकन स्वाइन फीवरको प्रकोपको आशङ्का गरेर नियन्त्रणको पहल सुरु गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका निमित्त प्रमुख डां मनोज कुमार महतोले जानकारी दिए । 
 
धराने कालो बङ्गुरको नामले प्रसिद्ध रहेको धरानमा विगतमा जस्तो यो वर्ष पनि स्वाइन फिबर प्रकोप नियन्त्रण बाहिर जान सक्ने भयले किसान चिन्तित छन् ।
सुनसरीको धरान, इटहरी, रामधुनी, वराहक्षेत्र, दुहबी लगायतका स्थानीय तह बङ्गुर पालनको लागि प्रसिद्ध मानिन्छ ।
 
अफ्रिकन स्वाइन फिभर अत्यन्त सङ्क्रामक र घातक रोग हो । जसको मृत्युदर ९० प्रतिशत भन्दा बढीसम्म पुग्न सक्छ । यो रोग सिधै बङ्गुरबाट बङ्गुरमा मात्र नभई किर्ना, सङ्क्रमित भाँडाकुँडा, दूषित दानापानी, कपडा र सङ्क्रमित सुईहरूबाट पनि फैलिने चिकित्सकहरू बताउँछन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]