• चैत १७, २०८१
  • जुनकिरी खबर

कोशी प्रदेशमा उद्योगको प्रवर्द्धनका लागि ८ अर्बको परियोजना सुरु

alt

साना तथा मझौला उद्योगको प्रवर्धनका लागि कोशी प्रदेश सरकारले ८ अर्बको परियोजनामा हस्ताक्षर गरेको छ । प्रदेशमा रहेका साना तथा मझौला उद्योग र उद्योगीलाई बिना धितो ऋण दिने गरी स्विस कन्ट्रक्ट अन्तरगतको उदय परियोजनामा हस्ताक्षर भएको हो ।
 
 
परियोजना सुरु भएपछि प्रदेशमा रहेका साना तथा मझौला उद्योगीहरूले बिना झन्झट सहुलियतमा ऋण पाउने कोशी प्रदेश सरकार अर्थाीक मामिला तथा योजना मन्त्री राम रानाले बताए । साना तथा मझौला उद्योगहरूमा लगानी बैकहरूले नै गर्ने मन्त्री रानाले बताए ।
 
 
बैकहरूसँग सरकारले समन्वय गरिदिने र व्यवसाय डुबेर ऋण नतिरे सरकार नै ग्योरन्टी बस्ने गरिको परियोजना सुरु भएको मन्त्री रानाले बताए । बैकहरूलाई ग्यारेन्टी र व्यबासायका सुरक्षाका लागि  सहयोगी कोष र जोखिम कोषको व्यवस्था गरिएको छ । परियोजनाले बैक र उद्योगी दुवैलाई फाइदा हुने मन्त्री रानाले बताए ।
 
 
उनले भने, ‘आवश्यकता अनुसार उद्योगीहरूले ऋण पाउने भए , इन्केस व्यवसाय डुबे पनि बैकहरूले रकम पाउने भए ।’ उनले यसका लागि ६० करोड र २९ करोडको कोष बनाएको बताए । उनले यस परियोजनामा नयाँ र पुराना दुवै उद्योगीहरु सहभागी हुन सक्ने बताए । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]