• चैत २१, २०८१
  • जुनकिरी खबर

सुनसरीमा मल अभाव

alt

बालीमा मल हाल्ने समयमा रासायनिक मलको अभाव भएपछि सुनसरीका कृषकहरु समस्यामा परेका छन् । विशेष गरी मकै बाली र भदै धान खेतीका लागि मल हाल्ने समयमा रासायनिक मलको अभाव भएको कृषकहरुले गुनासो गरेका छन् । 

मकै खेती हुने तराईमा सुनसरी, मोरङ र झापा सहितका जिल्लाहरुमा मलको ठुलो अभाव देखिएको छ ।  बारीमा मल हाल्ने समयमा कतै पनि मल नपाएको सुनसरी बराहक्षेत्र नगरपालिका १० का कृषक घनश्याम कार्कीले गुनासो गरे । 

कृषक कार्कीले प्रत्येक बर्ष कृषि सामाग्री कम्पनी इटहरीबाट मल खरिद गरेर लैजाने गरेको बताए । तर यसपाली पटक पटक कृषि सामाग्री कम्पनी धाउँदा पनि मल नपाएको कार्कीले गुनसो गरे । 

यस्तै इटहरी २ का कृषक राम बहादुर बस्नेतले पनि मल नपाएको बताए । वडाले तोकेको संस्थामा धेरै पटक धाउँदा मल नपाएको बस्नेतले जानकारी दिए । 

सुनसरीका कृषकहरुका लागि मल विक्रि गर्ने आधिकारीक संस्था इटहरीमा रहेको कृषि सामाग्री कम्पनी हो । यहिँबाट जिल्ला भरका लागि विभिन्न कृषी सहकारी तथा कृषी संस्थाहरु मार्फत मल विक्रि गर्दै आएको छ । 

अघिल्लो बर्षको भन्दा बढि मकै खेती भएका कारण बजारमा रासायनिक मल अभाव भएको कृषी सामाग्री कम्पनी इटहरीका प्रमुख राम कुमार चौधरीले जानकारी दिए । प्रमुख चौधरीले भने, ‘अघिल्लो बर्षको तुलनामा यस बर्ष कृषकले मकै खेती धेरै लगाएका कारण मल अभाव देखियो ।’

गत आ.ब.मा ६ हजार ८ सय ८३ मेट्रिक टन युरिया, ४ हजार ७ सय मेट्रिक टन डिएपी र ४ सय २२ मेट्रिक टन पोटास वितरण गरिएको कृषि सामाग्री कम्पनी इटहरीले जानकारी दिएको छ । 

प्रमुख चौधरीका अनुसार गत आ.ब कै कोटा अनुसार चालु आ.बका लागि रासायनिक मल आपुर्ति गरिएको थियो । साउन महिना यता साढे ८ हजार मेट्रिक टन युरिया, ५ हजार मेट्रिक टन डिएपी र तीन सय मेट्रिक टन पोटास वितरण गरिएको कृषि सामाग्री कम्पनी इटहरीले जानकारी दिएको छ । 

मलको अभाव देखिए पछि कम्पनीले थप मल आपुर्तिका लागि माथिल्ले निकायमा पत्र पठाइसकेकाले चाँडै समस्या समाधान हुने प्रमुख चौधरीले बताए ।  अबका ३ महिना बैशाख, जेठ र असार सम्मका लागि ४÷४ हजार मेट्रिक टन मलको आवश्यकता पर्ने देखिएको कृषी कम्पनी इटहरीका प्रमुख चौधरीले जानकारी दिए । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]