• चैत २७, २०८१
  • जुनकिरी खबर

कोशी प्रदेशमा स्वास्थ्य मन्त्रालयले उठायो ५३ लाख बेरुजु

alt

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले असुल गर्नुपर्ने र नियमित गर्नुपर्ने बेरुजुलाई उल्लेख्य घटाएको छ । मन्त्रालयले दिएको विवरण अनुसार हालसम्म मन्त्रालयले ३९ करोड ४७ लाख ९४ हजार ७९६ रुपैयाँ बेरुजु नियमित गर्नुपर्नेमा १३ करोड ८५ लाख २३ हजार ९६८ रुपैयाँ नियमित गरेको छ ।

यस्तै, असुल गर्नुपर्ने २ करोड २३ लाख ३९ हजार दुई सय ७१ रुपैयाँमध्ये ५३ लाख १ हजार १२ रुपैयाँ असुल गरेको छ । मन्त्रालयले अब १ करोड ७० लाख ३८ हजार २ सय ५९ रुपैयाँ असुल गर्न बाँकी देखिएको छ । यस्तै, नियमित गर्न बाँकी रकम अझै २५ करोड ६२ लाख २३ हजार ८६८ रुपैयाँ रहेको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत १४ वटा जिल्ला स्वास्थ्य कार्यालय, १३ वटा जिल्ला अस्पताल, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, आपूर्ति व्यवस्थापन केन्द्र, प्रादेशिक अस्पताल भद्रपुर, मदन भण्डारी ट्रमा सेन्टर, प्रादेशिक आर्युवेद अस्पताल लखनपुर, १४ वटा आर्युवेदिक स्वास्थ्य केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र तालिम केन्द्र धनकुटा छन् ।

त्यसमध्ये जिल्ला स्वास्थ्य कार्यालय पाँचथर, ताप्लेजुङ, धनकुटा, प्रादेशिक आयुर्वेद अस्पताल लखनपुर, आयुर्वेद स्वास्थ्य केन्द्र इलामलगायतले भने बेरुजू घटाउन कुनै प्रगति गरेका छैनन् ।

स्वास्थ्य मन्त्रालयका मन्त्री भूपेन्द्र राईले बाँकी रहेको असुल गर्नुपर्ने बेरुजूलाई असार मसान्तसम्ममा शून्यमा झार्ने बताए ।

‘सुशासनमा सम्झौता हुँदैन । शून्य सहनशीलता भनेको बेरुजूलाई शून्यमा झार्नु हो । त्यसपछि मात्रै हामीले भनिरहेको सुशासन कायम हुन्छ,’ राईले भने ।

मन्त्री राईले सम्हालेकै भौतिक पूर्वाधार विकास मन्त्रालयले असुल गर्नुपर्ने बेरुजूलाई पनि उल्लेख्य घटाएको छ ।

तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०–८१ सम्ममा मन्त्रालय र मातहतका अन्य १२ वटा कार्यालयको असुल गर्नुपर्ने बेरुजू रकम ३६ करोड ५१ लाख ७४ हजार ९४० रुपैयाँ थियो । सो मध्ये १८ करोड ६० लाख ९ हजार ७१७ रुपैयाँ बेरुजू असुल भएको हो ।

मन्त्रालयका अनुसार असुल गर्नुपर्ने बेरुजू सबैभन्दा धेरै पूर्वाधार विकास कार्यालय मोरङ अन्तर्गत थियो । उक्त कार्यालयमा १८ करोड ६२ लाख ९३ हजार २३५ रुपैयाँ थियो ।

जसमध्ये सो कार्यालयले १६ करोड १६ लाख ९४ हजार रुपैयाँ असुल गरेको छ ।

यस्तै, यातायात पूर्वाधार विकास कार्यालय मोरङ, पूर्वाधार विकास कार्यालय पाँचथर, पूर्वाधार विकास कार्यालय संखुवासभाले भने बेरुजु असुल गर्नै सकेका छैनन् ।

ती कार्यालयहरूमा असुल गर्नुपर्ने बेरुजु क्रमशः २ करोड ३६ लाख, ६ करोड १३ लाख, ९२ लाख र ७ लाख ७७ हजार रुपैयाँ थियो ।

सो मन्त्रालयको नियमित गर्नुपर्ने बेरुजु रकम १ अर्ब ७४ करोड ६० लाख १९ हजार १६६ रुपैयाँ रहेको छ । जसमध्ये २१ करोड २० लाख ३० हजार ६८४ रुपैयाँ नियमित भएको मन्त्री राईले बताए ।

उनले चालू आर्थिक वर्षको अन्त्यसम्ममा नियमित गर्नुपर्ने बेरुजूलाई १ अर्बले घटाउने लक्ष्य राखेको बताए । यस्तै असुल गर्नुपर्ने बेरुजुलाई सकेसम्म शून्यमा झार्ने उनले बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]