कोशी प्रदेश सरकारले सीमा नाकामा पर्यटकीय सवारी साधनलाई स्टिकर टाँस्न सुरू गरेको छ । शुक्रबार जोगबनी नाकाबाट स्टिकर टाँस्न सुरू गरिएको हो। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले भारतीय सवारी साधनमा स्टिकर टाँसेर अभियानको सुरूआत गरेका हुन् । आगामी २०८२ लाई पर्यटन वर्ष घोषणा गरेको प्रदेश सरकारले पर्यटकहरूलाई सहज र सहज र सरल होस् भनेर यो अभियान सुरु गरेको हो । भारतबाट आउने पर्यटकहरूलाई प्रहरीले अनावश्यक दुःख दिने गरेको गुनासो आएपछि यो अभियानलाई कोशी प्रदेशभरी लागू गर्न लागेको हो ।
मुख्यमन्त्री कार्कीले सो अभियानको उद्घाटन गर्दै स्टिकर टासेपछि पर्यटकमा हुने अनावश्यक झन्झट र दुःख हट्ने बताए । यसले कोशी प्रदेशको पर्यटन वर्ष सफल हुने उनले बताए ।
नेपालीहरूको मूल मर्म अतिथि देव भव भएकाले अतिथिको सम्मान गर्नु हाम्रो दायित्व भएको बताउँदै कार्कीले अतिथिहरूलाई सम्मान गरेर पर्यटन वर्ष सफल पार्न आग्रह गरे ।
उनले पर्यटन वर्ष सफल भएमा आर्थिक समृद्धि र विकास सम्भव हुने बताए । यो स्टिकर टाँसेको सवारी साधनलाई नाकामा चेकजाँच गरेपछि अरू बीचमा प्रहरीले चेकजाँच गर्न नपाउने व्यवस्था गरिएको छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved