• वैशाख २१, २०८२
  • जुनकिरी खबर

इटहरीमा ग्याङ फाइट एक घाइते

alt

 इटहरी २० तरहरामा ग्याङ फाइट भएको छ । आज (आइतबार)बिहान करिब १० बजेतिर ग्याङ फाइट भएको हो । फाइटमा एक युवकको घाँटीमा धारिलो हतियार प्रहार भएको छ भने अर्का युवकको टाउकोमा चोट लागेको छ ।

स्थानीय आकाश गिरी तरकारी किन्नका लागि पसल गएका थिए । सोही मौकमा छोपेर इटहरी २० तरहरास्थित धनपुरी मार्ग बस्ने सुशानजङ्ग घिमिरेको समूहले उनीमाथि आक्रमण गरेको थियो । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार झगडामा दुईजना घाइते भएका छन् ।

इटहरी २ घर भएका २५ वर्षीय पारस भनिने किरन राईको घाँटीमा चोट लागेको डीएसपी भण्डारीले जानकारी दिए । उनको अहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

यसैगरी इटहरी २० तरहरा घर भएका अन्दाजी ४० वर्षीय वीरेन (बाबु) बुढाथोकीको टाउकोमा चोट लागेको छ । उनको इटहरीमा सामान्य उपचारपछि थप उपचारका लागि आफन्तको जिम्मामा विराटनगर पठाइएको डीएसपी भण्डारीले जानकारी दिए ।

यद्यपि, दुवै घाइतेलाई प्रहरीले निगरानीमा राखेको छ ।

घटनामा इटहरी २० बस्ने १९ वर्षीय सुशानजङ्ग घिमिरे, इटहरी २ बस्ने २३ वर्षीय अरुण राई, इटहरी २ बस्ने नितेस बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘पुरानो रिसिइबीका कारण दुई समूहबीच झडप भएको देखिन्छ,’ डीएसपी भण्डारीले टाकुरा न्यूजसँग भने, ‘दुवै घाइतेमाथि डिटेलमा बुझ्न नपाएका कारण र थप अनुसन्धान भइनसकेकाले ठ्याक्कै के कारण घटना भएको भन्न सकिन्न ।’

उनका अनुसार घाइतेको उपचारपछि उनीहरूमाथि र पक्राउ परेका दुवै समूहका व्यक्तिहरूमाथि अनुसन्धान भइसकेपछि थप विवरण खुल्नेछ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]