• वैशाख २४, २०८२
  • जुनकिरी खबर

कोशी प्रदेशको सातौं अधिवेशन जेठ ४ गतेबाट

alt

कोशी प्रदेश सरकारको बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको सातौं (वर्खे) अधिवेशन आउँदो जेठ ४ गते दिउँसो २ बजेका लागि आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ । बैठकपछि आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष अधिवेशन आह्वानका लागि सिफारिस गरिने जानकारी दिए ।

बैठकले स्थानीय सरकार सेवा (गठन तथा सञ्चालन) नियमावलीमाथि प्रदेश लोकसेवा आयोगसँग परामर्श माग गर्ने निर्णय पनि गरेको छ । साथै सुनसरीको कोशी गाउँपालिकाको केन्द्र हेरफेर गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय लिइएको छ ।

यस्तै, ‘कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका, २०८२’ स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले वैशाख १८ र १९ गते विराटनगरमा सम्पन्न प्रदेश लगानी सम्मेलनलाई सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्णलाई धन्यवाद दिने प्रस्तावसमेत पारित गरेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]