इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मीन बहादुर भट्टराईले कार्यालयमा हाजिर गरेका छन् । बुधवार औपचारिक रूपमा कार्यभार सम्हालेका उनलाई मेयर हेम कर्ण पौडेलले खादा सहित स्वागत गरेका हुन् । एक महिना देखी रिक्त प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव भट्टराईले जिम्मेवारी पाएका छन् ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयमा बाट सरुवा भएका उनी इटहरीका परिचित कर्मचारी हुन् । भट्टराईले कार्यभार सम्हालेसँगै लामो समयदेखि रोकिएको भुक्तानी सुचारु हुने भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा रोकिएका निर्माण व्यवसाय तथा उपभोक्ता समितिको भुक्तानी बिहीबार देखि धमाधम हुदैछ ।
कर्मचारीको तलब लगायत अन्य प्रशासनिक कार्यमा सहजता आउने भएको छ ।