• वैशाख २५, २०८२
  • जुनकिरी खबर

सप्तकोशी उच्च बाँध खारेजीको माग बुझायो ज्ञापनपत्र

alt

भारतले विवादास्पद सप्तकोशी उच्च बाँध निर्माण प्रकृया अघि बढाएको भन्दै पीडितहरूले बाँध निर्माणको काम रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन । 

सप्तकोशी उच्च बाँध निर्माण आयोजना खारेजीको माग गर्दै संघर्ष समितिले धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेललाई ज्ञापनपत्र बुझाएको हो ।

सप्तकोशी उच्च बाँध विरुद्ध संघर्ष समिति (माथिल्लो तटिय डुवान क्षेत्र)ले प्रस्तावित बाँध निर्माणले स्थानीय समुदाय बाध्यात्मक विस्थापनमा पर्ने र अस्थित्व माथिनै खतरा उत्पन्न हुने भन्दै प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारको ध्यानाकर्षण गराएको हो । 

संघर्ष समितिले परियोजना स्थल वरिपरिका प्रभावितहरूको बासस्थान, खेती र आजिविका नै मासिने चिन्ता गरेका छन । किराँतहरूको आस्थाको केन्द्र खुवालुङ डुवानमा पर्ने भएकाले परियोजना बन्द गर्नुपर्ने माग राखेका छन । 

असिम राई नेतृत्वमा सप्तकोशी उच्च बाँध परियोजनाको प्रभाव मूल्याङ्कन प्रभावकारी हुनु पर्ने, प्रभावित समुदायको पूर्व स्वीकृती अनिवार्य हुनुपर्ने, वैकल्पिक, दिगो, स्थानीय र जनअनुकुल विकासका विकल्पहरू अघि सारिनु पर्ने माग राखेको छ । 

संघर्ष समितिका अध्यक्ष असिम राईले सप्तकोशी उच्च बाँधका कारण लाखौं नागरिक बाध्यात्मक विस्थापनमा पर्ने भन्दै उक्त परियोजनाले नेपाल र नेपाली हित नगर्ने बताउनुभयो । 

प्रस्तावित सप्तकोशी उच्च बाँध स्थल धनकुटा, भोजपुर, सुनसरी र उदयपुर जिल्लाको सीमावर्ती कोशी गल्छीमा पर्छ । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भारत भ्रमणका बेला २०४८ सालमा धनकुटा, भोजपुर, सुनसरी र उदयपुरको सीमावर्ती कोशी गल्छीमा बाँध हाल्न अध्ययन गर्ने सहमति भएको बताइन्छ । 

त्यसयता विवाद र चर्चामा रहेको सप्तकोशी उच्च बाँध निर्माण हुन नहुने भन्दै स्थानीयले बिरोध गर्दै आएका छन । सप्तकोशी नदीको पानीबाट तीन हजार मेगावाट बिजुली निकाल्ने, आसपासमा सिंचाइका लागि ठूला परियोजना संचालन गर्ने तथा भारतसागको जलमार्ग निर्माण गर्ने लगायतका महत्वकाक्षी योजना छन । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]