• वैशाख ३१, २०८२
  • जुनकिरी खबर

बिराटनगरमा प्रदेश स्तरीय सुरक्षा गोष्ठी सुरु

alt

गृहमन्त्री रमेश लेखकले संविधान र लोकतन्त्रविरुद्धका कुनै पनि गतिविधिमा सरकार सम्झौता गर्न नसक्ने स्पष्ट पारेका छन् । कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै बुधबार विराटनगरमा  गृहमन्त्री लेखकले लोकतन्त्रको मूल्य, मान्यता र शान्ति सुरक्षासँग सम्झौता गर्न नसकिने बताएका हुन् ।

गृहमन्त्री लेखकले राज्यको पहिलो दायित्व नागरिकको जिउधनको सुरक्षा भएको उल्लेख गर्दै विपद् न्यूनीकरण, जोखिम पहिचान र तदारुकता पूर्वक कार्य गर्ने खाँचो औंल्याए ।

उनले हाल देशमा लागू औषध, सवारी दुर्घटना, आत्महत्या र साइबर अपराधको त्रास बढिरहेको भन्दै यसप्रति सुरक्षा निकाय सजग र सक्रिय हुनुपर्नेमा जोड दिए । गृहमन्त्री लेखकले सेवा प्रवाहमा नागरिकलाई रिसाएर होइन, हाँसेर सेवा दिन आग्रह गरे ।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश विकास र सुशासनका लागि सुरक्षा अपरिहार्य शर्त भएको उल्लेख गरे।

गृह सचिव गोकर्णमणि दवाडी, गृह मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी, नेपाल प्रहरीका महानिरीक्षक दिपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुत्तराज थापा तथा नेपाली सेनाका उच्च अधिकारीहरू सहित कोशीका१४ जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]