• जेठ ५, २०८२
  • जुनकिरी खबर

कोशीको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश

alt

कोशी प्रदेशको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश भएको छ । सोमबार प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरेका हुन् । सार्वजनिक भएको नीति तथा कार्यक्रममा अधिकाँस पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ । अघिल्लो नीति तथा कार्यक्रम तथा बजेटमा समावेश भएका तर कार्यान्वयनमा जान नसकेका कार्यक्रमलाई यस पटक पनि राखिएको छ । 

यस पटक केही महत्वकाक्षी योजनाहरु राखिएका छन् भने पहिचानको आन्दोलनलाई मथ्थर बनाउने केही नयाँ कार्यक्रम पनि थपिएका छन् ।  प्रदेश सरकारले राष्ट्रध्यक्ष र प्रधानमन्त्रीको जन्मस्थल र घरको संरक्षण गर्ने नीति लिएको छ । कोशी प्रदेशसँग सम्बद्ध राष्ट्रिय विभूती, राष्ट्राध्यक्ष तथा प्रधानमन्त्री हुनु भएका व्यक्तित्वको सम्मानार्थ परिवारसँगको सहकार्यमा उहाँहरूको जन्मस्थल र घर संरक्षणको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ । 

बारम्बार आवाज उठ्दै आएको तर कार्यान्वयनमा जान नसकेको विराटनगर विमानस्थललाई क्षेत्रिय अन्र्तराष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न संघीय सरकारसँग समन्वय गर्ने भनिएको छ । 

महत्वकाँक्षी योजनाको रुपमा रेलमार्गको अवधारणा ल्याइएको छ । केचना देखी सगरमाथासम्म जोड्ने दु्रतमार्ग र चतरा देखी चौरीखर्च सम्म रेलमार्गको अवधारणालाई अगाडी बढाउन सम्भाव्यता अध्ययन गरिने भनिएको छ । 

नयाँ कार्यक्रमको रुपमा कोशी प्रदेश निजामति सेवा दिवस मनाउने भनिएको छ भने निवृत्तभरण कोष स्थापना गर्ने कार्यक्रम राखिएको छ । 

प्रदेशमा चल्दै आएको पहिचानको आन्दोलनलाई मथ्थर बनाउन केही कार्यक्रम मार्फत सम्बोधन गर्ने प्रयास गरिएको छ । भाषा आयोगबाट सिफारिस भई आएका मैथिली तथा लिम्बु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषा बनाउने व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।  यस्तै भाषा,धर्म,संस्कृति, कला, साहित्य, संगित तथा रैथाने ज्ञान सिप र कलाको अध्ययन, संरक्षण एवंम् प्रवद्र्धन गर्न राष्ट्रिय स्तरको प्रादेशिक संग्राहलय स्थापना गर्ने भनिएको छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]