• जेठ ५, २०८२
  • जुनकिरी खबर

इटहरीका विभिन्न स्थानमा खानेपानी समस्या

alt

इटहरीका विभिन्न स्थानमा केही दिनदेखि खानेपानी नहुँदा समस्या भएको छ । इटहरीको वडा नं. १, १९ र २० का अधिकांश स्थानमा खानेपानी नआउँदा समस्या भएको हो ।

इटहरी २० मा रहेको खानेपानीको ट्युबेलको मोटरको क्वाइल जलेपछि खानेपानी आपूर्तिमा समस्या भएको तरहरा खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष केशर प्रधानले बताए । ‘संस्थाका पदाधिकारी र कर्मचारीहरू नै मर्मतमा खटिएका छौँ,’ प्रधानले भने, ‘अब आज केहीबेर पानी आएपनि भोलि दिउँसो ४ बजेसम्म पानी आपूर्ति गर्नेगरी काम गरिरहेका छौँ ।’ उनका अनुसार मंगलबार दिउँसोसम्म पानी आउनेगरी काम भइरहेको छ । खानेपानी नआउँदा यहाँका तीन हजार भन्दा बढी घरधुरीमा समस्या भएको छ ।

खानेपानी ट्यांकीमा पानी पठाउने दुईवटा मोटरमध्ये एउटाको क्वाइल जलेको र अर्को मोटर पनि बिग्रिएकाले यो समस्या भएको उनले बताए । प्राविधिकले अहिले काम गरिरहेपनि खानेपानी पठाउन अझै समय लाग्ने उनको भनाइ छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]