• जेठ २१, २०८२
  • जुनकिरी खबर

सुनसरीमा ११ सय २० किलो गाँजा बरामद

alt

सुनसरी प्रहरीले हरिनगर गाउँपालिका वडा नम्बर ५ र ६ को सिमाना स्थित कटान खोलाको बगरबाट ठुलो परिमाणमा लागु औषध गाँजा बरामद गरेको छ । प्रहरीले खोलाको बगरमा बालुवाले पुरेर लुकाई राखेको १ हजार १ सय २० किलो गाँजा मङ्गलवार राती बरामद गरेको हो । लागू औषध गाँजा लुकाइ छिपाइ राखिएको छ भन्ने गोप्य सूचनाको आधारमा उक्त स्थानमा खोजतलास गर्ने क्रममा बालुवा मुनी गाडिरहेको अवस्थामा ३८ बोरा गाँजा बरामद गरेको हो ।
 
बरामद गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।
घटनाको सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]