• जेठ २५, २०८२
  • जुनकिरी खबर

सप्तकोसी नदीमा अस्ताए सशस्त्र प्रहरीका दुई जवान

alt

गत बिहीबार सप्तकोसी नदीमा बेपत्ता भएका दुई जना सशस्त्र प्रहरी सुरक्षाकर्मीमध्ये अर्का व्यक्तिको शव पनि फेला परेको छ । एक जनाको शव शुक्रवार सप्तकोसी नदीमै भेटिएको थियो भने अर्को एक जनाको शव आज (आइतबार) भेटिएको हो ।

पर्सा दरबन्दी भई छिन्नामस्त बाहिनी मुख्यालयममा कार्यरत डोटीका सुरज साउदको आइतवार कोशी ब्यारेजको ५५ नम्बरको ढोका नजिकै शव भेटिएको हो । बेपत्ता भएका साउदको खोजीमा सशस्त्र प्रहरी बलका गोताखोर र तालिम प्राप्त विपद् व्यवस्थापन टोली परिचालित गरी खोजी कार्य जारी गरिएको थियो । गत बिहीवार दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हरदेव राजवंशी र छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत सुरज साउद दुवैजना उद्धार अभ्यास गर्ने क्रममा सप्तकोसीमा बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा मनसुनजन्य विपद्को पूर्वतयारीस्वरूप प्रदेशस्तरीय विपद् सेमुलेसन अभ्यासका लागि संयुक्त टोली खटिएको थियो ।

सोही क्रममा दुवैजना डुबेका थिए। राजवंशीले स्पेसल टास्क फोर्स तालिम, विपद् व्यवस्थापन तालिम र गोताखोर गरी तीन वटा विशेष तालिम लिएका थिए । उनी स्पेसल टास्क फोर्स तालिमका प्रशिक्षकसमेत थिए । साउदले २०८१ सालमा गोताखोर तालिम पूरा गरेका थिए ।

सम्बन्धित समाचारहरु
मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]