• जेठ ३०, २०८२
  • जुनकिरी खबर

इटहरीबाट अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ६ जना पक्राउ

alt

 अवैध रूपमा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार, हुन्डी र अनलाइन गेमिंग खेलाएको आरोपमा प्रहरीले ६ जनलाई पक्राउ गरेको छ । उनीहरूलाई कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरअन्तर्गतको प्रदेश इन्भेष्टिगेशन टिम (पीआइटी) ले पक्राउ गरेको हो ।
 
उनीहरूलाई पक्राउ गरी प्रहरीले विभिन्न स्थानमा राख्दै आएको थियो । प्रहरीका अनुसार क्रिप्टोकरेन्सी, अनलाइन गेमिंग र अवैध हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा सुनसरीको इटहरी १२ खनारका २७ वर्षीय प्रभु नारायण चौधरी, इटहरी–११ का २७ वर्षीय प्रशिन चौधरीलाई  पक्राउ गरिएको हो ।
 
यस्तै  प्रहरीले  इटहरी–७ का सुरज भनिने  २२ वर्षीय सन्तोष कुमार साह इटहरी –११ का २६ वर्षीय चन्दन डोम, मोरङ सुन्दरहरैंचा–२ का २० वर्षीय निसान कुमार खवास, र इटहरी–१२ का ३२ वर्षीय लालबहादुर गौतमलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । 
 
पीआटीले  इटहरी उप–महानगरपालिका क्षेत्रमा तीन दिनसम्म सञ्चालन गरेको विशेष अपरेसनबाट उनीहरूलाई पक्राउ गरेको हो ।  पक्राउ परेकाहरूले  डेढ करोडभन्दा बढीको अवैध कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरूको दुई वटा समूह रहेको छ । एउटा समूहको नेतृत्व प्रभु नारायण चौधरी र प्रशिन चौधरीले गर्ने गरेका थिए । उनीहरू सुनसरीको इटहरी १२ खनारका स्थायी बासिन्दा हुन् । 
 
प्रभु यसअघि पनि मोरङबाट क्रिप्टोमार्फत हुन्डी कारोबार गरेको अभियोगमा पक्राउ परिसकेका थिए। यी दुई लामो समयदेखि क्रिप्टो र अनलाइन गेमिंगमा संलग्न रहेको प्रहरी श्रोतले जनाएको छ  । 
उनीहरूको जीवन शैली अस्वाभाविक भएको भन्दै यस अघि पनि प्रहरीमा उजुरी परेको थियो । प्रहरी श्रोतका अनुसार प्रमाण नभेटिए पनि उनीहरूका बारेमा सूक्ष्म निगरानी राखिएको थियो ।
 
साथी साथ रहेका प्रभु र प्रशिनले   लामो समयदेखि संयुक्त रूपमा क्रिप्टोको प्रयोग गरी हुन्डी कारोबार तथा अनलाइन जुवा सञ्चालन गर्दै आएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक लक्ष्मीनारायण भण्डारीले बताए ।  प्रहरीले उनीहरूको साथबाट उच्च प्रोसेसरयुक्त मोबाइल सेटहरू बरामद गरेको छ । 
 
प्रहरीले प्रभुको साथबाट दुई थान र प्रशिनको साथबाट एक थान मोबाइल बरामद गरिएको छ।
पक्राउ परेका  प्रभु र प्रशिन घरमै बसेर  अवैध कारोबार गर्दै आएका थिए । उनीहरूले पछिल्लो समयमा  आलिसान घर समेत बनाएका थिए । 
 
खर्चिलो जीवनशैली र कम उमेरमै देखिएको अस्वाभाविक आर्थिक स्थिति पछि प्रहरीले विशेष निगरानी थालेको थियो। नेपाल राष्ट्र बैङ्कबाट कुनै अनुमति नलिई विदेशी भौतिक क्रिप्टोको कारोबार  गरेको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ। पक्राउ परेका सुरज भनिने सन्तोषले भने अर्कोको समूहको नेतृत्व गर्दै आएका थिए ।  
 
सन्तोष यसअघि पनि यस्तै प्रकृतिको मुद्दामा पक्राउ परिसकेका व्यक्ति हुन्। पक्राउ परेका दुवै समूहले पनि क्रिप्टो वालेटहरू( बाइनेन्स)   र क्यास एपको माध्यमबाट हुन्डी कारोबार गर्दै आएको खुल्न आएको छ। उनीहरूले यो वाइनान्स वालेटको प्रयोग गरी अमेरिकन डलर भारतीय रुपैयाँ र नेपाली रुपैयाँको अवैध कारोबार गर्दै आएको भण्डारीले बताए । 
 
उनीहरूले अन्य व्यक्तिका लागि अनलाइन गेमिङ गरिदिने र कारोबारमा सहजीकरण गर्ने गरेको प्रहरीले जनाएको छ । उनीहरूले यस बापत ५ देखि २० प्रतिशत कमिसन लिने गरेका थिए। 
पक्राउ परेका सबै ६ जनालाई जेठ २७ गते इलाका प्रहरी कार्यालय इटहरीमा बुझाइएको छ। इटहरी प्रहरीले जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]