• असार ३, २०८२
  • जुनकिरी खबर

इटहरीबाट २१ सय केजी गाँजा बरामद

alt

इटहरी प्रहरीले इटहरी उपमहानगरपालिका २० तरहरा क्षेत्रबाट तरकारी बोकेको ट्रकबाट  ठूलो परिमाणमा लागुऔषध गाँजा सहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२० तरहरा जंगलनजिकैबाट २ क्वीन्ट भन्दा बढी गाँजा सहित ३ जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । 

लागुऔषध गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले धरानबाट इटहरीतर्फ आउँदै गरेको ना ५ ख ६११६ नम्बरको मिनी ट्रकलाई मंगलबार बिहानका राति १ः३० बजेतिर नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएको ट्रकभित्र ४८ बोरा बन्दाकोपी र १२ बोरा आलु लोड गरिएको थियो ।बन्दकोपी र आलुको बोराले छोपेर राखिएको अवस्थामा ट्रकभित्र ७० बोरा गाँजा फेला परेको सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए । उनका अनुसार ७० वटा बोरामा प्याक गरिएको अवस्थामा २ हजार १ सय किलो गाँजा बरामद भएको छ ।

गाँजा बरामद भएसँगै ट्रक र ट्रक चालक धनकुटाको सहिदभूमि गाउँपालिका–६ का ३३ वर्षीय सुनील राई र ट्रकमा सवार ३२ वर्षीय राजेन्द्र राईलाई पक्राउ गरिएको जानकारी एसपी तिम्सिनाले दिए । साथै, चेकजाँचस्थलमा शंकास्पद रूपमा भेटिएका सुनसरीको बराहक्षेत्र नगरपालिका–९ का ३४ वर्षीय सुमन राईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार गाँजाको ओसारपसारमा सुमनको संलग्नता छ कि छैन भन्नै बिषय पुष्टि भईसकेको छैन् । घटनाका बिषयमा  इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारी नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]