• भदौ १३, २०७६
  • जुनकिरी खबर

प्रदेश १ सवारी तथा यातायात विधेयक : ठक्कर दिएर ज्यान लिए जन्मकैद

alt

प्रदेश १ सरकारले जानाजान सवारीले किचेर वा ठक्कर दिएर ज्यान लिए जन्मकैदसम्म सजाय प्रस्ताव गर्दै प्रदेशसभामा विधेयक लगेको छ ।

अन्य प्रदेशका सवारी प्रवेश गरेको २४ घण्टाभित्रै प्रहरीमा जानकारी दिनुपर्ने र तिनलाई बढीमा ६ महिना मात्र यहाँ चलाउन अनुमति दिने सरकारको प्रस्ताव छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बिहीबारको बैठकमा प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ टेबल गरेका हुन् ।
उनले अनुशासित र व्यवस्थित तरिकाले सवारी सञ्चालन गर्न र दुर्घटना न्यूनीकरण गराउन विधेयकले मद्दत गर्ने बताए ।

विधेयकमा अन्य प्रदेशको सवारीसाधन प्रवेश गरेको २४ घण्टाभित्र नजिकको प्रहरी कार्यालयमा जानकारी दिने र प्रहरीले नजिकको यातायात व्यवस्था कार्यालयलाई जानकारी दिनुपर्ने व्यवस्था छ ।

‘अन्य प्रदेशको सवारीसाधन लगातार तीन महिनाभन्दा बढी चलाउन तोकिएबमोजिमको दस्तुर बुझाएर यातायात व्यवस्था कार्यालयबाट अनुमति लिनुपर्नेछ,’ विधेयकमा भनिएको छ, ‘अनुमति लिएर पनि ६ महिनाभन्दा बढी चलाउन पाइँदैन । यस प्रदेशमा निरन्तर चलाउन नामसारी दर्ता गर्नुपर्नेछ ।’

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]