• असार ५, २०८२
  • जुनकिरी खबर

दुहबी नगरपालिकाले ल्यायो ९३ करोड बढीको बजेट

alt

दुहबी नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार सुरु भएको १७ औँ नगर सभाले ९३ करोड ६४ लाख ५६ हजार ८ सयको बजेट सार्वजनिक गरेको हो ।
 
नगरपालिकाले चालुतर्फ २१ करोड ९२ लाख ७० हजार र पुँजीगत तर्फ ७१ करोड ७२ लाख ८६ हजार ८०० रुपैयाँको विनियोजन गरेको छ । नगरपालिकाले आफ्नो बहुबर्षे योजनामा बहुउपयोगि व्यापारिक भवन बनाउने योजना अगाडी सारेको छ । १७ औँ  नगर सभामा बजेट प्रस्तुत गर्दै उपमेयर मेनुका खतिवडाले बहुउपयोगि भवन निर्माणको लागि ९ करोड १७ लाख बजेट विनियोजन गरेको बताइन् । 
 
सार्वजनिक निजी साझेदारी मोडेलमा कम्प्लेक्स निर्माण गर्न लागिएको र त्यस बापत पालिकाले आम्दानी गर्ने उनको भनाइ छ । उक्त भवन बनाउनका लागि नगरपालिकाले अतिक्रमित जग्गा गत बर्सनै बल प्रयोग गरी खाली गराएको थियो । विगत बर्षदेखीनै खेलकुदलाई प्राथमिकता दिएको नगरपालिकाले निर्माणाधीन दुहबी रङ्गशालाका लागि १ करोड ९७ लाख विनियोजन गरेको छ ।
 
आधारभूत स्वास्थ्य सेवाको लागि ६ करोड ९६ लाख विनियोजन गरेको नगरपालिकाले  विपन्न तथा गरिब जनतालाई निःशुल्क स्वास्थ्य बिमा तथा निःशुल्क मोतिया विन्दु र जलविन्दुको अपरेसन गर्ने योजना सारेको छ । 
 
१२ वडामा समेटिएको दुहबी नगरपालिकालाई प्रतिवडा ९० लाखको सिलिङ तोकिएको छ । औद्योगिक नगरीकोरुपमा परिचित दुहबीले छिमेकी बुढिगंगा गाउँपालिका सँग मिलेर सार्वजनिक निजी साझेदारीमा फोहोर मैला व्यवस्थापन गर्ने उल्लेख गरेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]