• असार ९, २०८२
  • जुनकिरी खबर

मादक पदार्थ सेवनपछि कुटपिट गरी श्रीमतीको हत्या

alt

सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मा घरेलु हिंसाको घटनामा श्रीमतीको ज्यान गएको छ। श्रीमान सोनिया मुसहरले मादक पदार्थ सेवनपछि आफ्नै श्रीमती ढलिसदा मुसहरलाई कुटपिट गरेका थिए। गत असार ७ गते राति करिब ९ बजेतिर ३० वर्षीय सोनियाले २४ वर्षीया श्रीमती ढलिसदालाई कुटपिट गरेका थिए। मादक पदार्थ सेवन गरेका उनको कुटपिटबाट घाइते भएकी ढलिसदालाई उपचार नगराई घरमै राखिएको थियो।

असार ८ गते बिहान ९ः२५ बजे उनलाई मृत अवस्थामा फेला पारिएको प्रहरीलाई सूचना प्राप्त भएपछि प्रहरी चौकी भरौलबाट खटिएको टोली घटनास्थल पुगेको थियो। प्रहरीले कुटपिट गरी कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको अभियोगमा सोनियालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]