• असार ९, २०८२
  • जुनकिरी खबर

वराहक्षेत्रको बजेट १ अर्व ६ लाख

alt

वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष ०८२/०८३ का लागि १ अर्ब ६ लाख ९५ हजार ३ सय ७५ रुपैयाँ बजेट प्रस्तुत गरेको छ । सोमवार नगरपालिकाले १६औँ नगर सभा मार्फत स्वास्थ्य, शिक्षा, कृषि पर्यटन र पूर्वाधारमा जोड दिँदै नगर उपप्रमुख नन्दकुमारी सुनुवारले १ अर्ब ६ लाख ९५ हजार ३ सय ७५ रुपैयाँ बजेट प्रस्तुत गरेकी हुन् ।
 
सभामा नगर प्रमुख रमेश कार्कीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा कृषि, पर्यटन प्रवर्द्धन र पूर्वाधारमा जोड दिएको छ । नगरवासीहरूको पहुँचमा स्वास्थ्य सेवा, आधारभूत तथा आकस्मिक सेवामा सबै नगरवासीहरूको सर्व सुलभ, सहज र समान पहुँचको सुनिश्चितता गर्न प्रतिबद्धता, चतरा अस्पताल र नगर अस्पतालमा आवश्यकता भौतिक संरचना निर्माण, एम्बुलेन्स र शव वाहन परिचालन र व्यवस्थापनलाई सूदृणीकरण गरी नगर क्षेत्र भित्र एम्बुलेन्स र शव वाहन सेवा उपलब्ध गर्ने योजना, सुरक्षित मातृत्व एव प्रजनन स्वास्थ्य प्रवर्द्धन, प्रत्येक वडामा स्वास्थ्यकर्मीहरूको व्यवस्थापन सहित ज्येष्ठ नागरिकहरू तथा दिर्घरोगीहरुको घर घरमा पुगेर नियमित स्वास्थ्य जाँच, स्वास्थ्य सेवाको बिस्तार, नगरको जिम्मेवारी भन्ने नाराका साथ सबै नागरिकमा गुणस्तरीय आधारभूत स्वास्थ्यको सेवा पहुँच सुनिश्चित गर्दै आधारभूत सेवालाई घरदैलामा पुर्‍याउने पहल गरिने, आर्थिक रूपमा विपन्न परिवार लाई निःशुल्क एम्बुलेन्स र शव वाहनको व्यवस्थापन गरिने छ ।
 
नसर्ने रोगको पहिचान तथा उपचारका लागि घुम्ती शिविर कार्यक्रम गरिनेछ । 'स्वस्थ सहर, कुपोषण रहित वराहक्षेत्र नगर' अभियानलाई सफल बनाउन ५ वर्ष मुनि बालबालिकालागि पोषण कार्यक्रम सञ्चालन गरिनेछ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]