• असार २१, २०८२
  • जुनकिरी खबर

इटहरीका मेयरको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति

alt

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले सामाजिक सञ्जालमा पत्रकारिता र पत्रकारहरूप्रति दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ सुनसरीले आपत्ति जनाएको छ। मेयर पौडेलले शुक्रबार सामाजिक सञ्जालमा लेखेका थिए, “भोलि कुन विषयमा समाचार आउँछ अघिल्लो दिन हामीलाई थाहा हुन्छ, पहिले हाम्रो सचिवालयमा पठाउँछन्, केही झर्दैन दानापानी अनि लाजले प्रकाशन, प्रसारण गर्छन्, विचित्रको पत्रकारिता छ इटहरीमा।”

उक्त अभिव्यक्तिले पत्रकारहरूको स्वतन्त्रता र मर्यादामाथि गम्भीर आघात पुर्‍याएको भन्दै महासंघले प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो। महासंघ सुनसरीका सचिव विनय बाह्रकोटीले विज्ञप्ति जारी गर्दै मेयर पौडेलले पत्रकारहरूमाथि व्यक्तिगत आरोप र अनावश्यक टिप्पणीले प्रेस स्वतन्त्रता माथि हस्तक्षेप हुने उदृत गरे।

महासंघले मेयरको टिप्पणीलाई प्रेस स्वतन्त्रतामाथि प्रहार र अभिव्यक्तिको गैरजिम्मेवार प्रयोगको रूपमा लिएको छ। पत्रकारलाई लगाएको अनाहक आरोप पुष्टि गर्नसमेत महासंघले चुनौती दिएको छ।

fnj_sunsari

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]