• भदौ १३, २०७६
  • जुनकिरी खबर

भीरबाट खसालेर १६ गाईको हत्या, ५० घाइते

alt

नेपालगन्जबाट दैलेख लैजाँदै गरिएका गाई सुर्खेतको वीरेन्द्रनगरको कटकुवा जंगलको भीरबाट खसालिएको छ । भीरबाट खसाल्दा १६ गाई मरेका छन् भने ५० गाई घाइते भएका छन् ।

बिहीबार राति नेपालगन्जको कान्जीहाउसबाट २९१ गाईसहित ८ ओटा ट्रक दैलेख हिँडेका थिए । तर, सम्बन्धित ठाउँमा नपुर्‍याइ गाईलाई सुर्खेत, वीरेन्द्रनगरको कटकुवास्थित जंगलको भीरबाट खसालिएको छ ।

ट्रकबाट ढुंगाजसरी खसाल्दा १६ गाई मरेका छन् भने ५० गाई घाइते अवस्थामा छन् । पशुकै सहारामा बाँचेका मानिसहरुले यस्तो अमानवीय व्यवहार देखाएको स्थानीय दुुर्गाबहादुर डाँगीको आक्रोश छ ।

बिहीबार राति साढे १२ बजेतिर गाई बोकेका ८ ओटा ट्रक सुब्बाकुना प्रहरीचौकीमा ‘इन्ट्री’ भएका र शुक्रबार बिहान करिब साढे ३ बजेतिर कटकुवा जंगलमा छोडिएको बताइएको छ ।

वीरेन्द्रनगर नगरपालिकाकाअनुसार चौपायाहरुलाई भीरबाट खसालेर मारिएको हो । गाडीबाट सीधै भीरमा खसालेर गाई मार्नेहरुलाई कडा कारबाही गर्नुपर्ने स्थानीय गौरी केसीको भनाइ छ ।

यता, वीरेन्द्रनगर नगरपालिका अनुगमन उपशाखाका प्रमुख यामलाल गिरी सम्बन्धित ठाउँमा गाई नलिने व्यक्तिलाई कारबाही गरिने बताउँछन् । करिब तीन किलोमिटरको दूरीमा भीरबाट गाई खसालिएको देखिएको छ ।

प्रहरीले गाईलाई खसालेर नेपालगन्ज फर्कंदै गरेका चारओटा ट्रकलाई बबईबाट नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]