• साउन ९, २०८२
  • जुनकिरी खबर

इटहरी सरकार विरुद्ध आन्दोलन गर्ने पहिचानवादीको चेतावनी

alt

दलिय भागबण्डाका कारण इटहरीको विकास प्रभावित भएको र जनतामाथी धोका दिने काम भएको भन्दै संयुक्त पहिचानवादी मोर्चाले आन्दोलन गर्ने चेतावनी दिएको छ ।नेपाली काँग्रेसको नेतृत्व र नेकपा एमालेको दुई तिहाई बहुमत हुँदा पनि दुई दलको आपसी भागबण्डा नमिल्दा आर्थिक बर्ष २०८२।०८३ को बजेट पारित नभएको प्रति मोर्चाले खेद व्यक्त गरेको छ । नेपाली काँग्रेस र नेकपा एमालेको भागबण्डा नमिलेकै कारण यो परिस्थित सृजना भएको मोर्चाले ठहर गरेको छ । 

१६ औँ नगर सभा स्थानीय तहको कार्य सम्पादन मुल्याङकन बेरुजु रकम र आर्थिक बर्ष २०८०।०८१ मा सञ्चालित आयोजनाको २०८१।०८२ मा पनि भुक्तानी गर्न असफल रहनु लज्जास्पद भएको मोर्चाले भनेको छ । 

बुधबार एक विज्ञप्ती जारी गर्दै संयुक्त पहिचानवादी मोर्चाले इटहरी उपमहानगरपालिका विरुद्ध चरणवद्ध आन्दोलनमा उत्रने चेतावनी दिएको छ । यसबाट उत्पन्न परिस्थितीको जिम्मा स्वयंम इटहरी नगर सरकार हुनुपर्ने विज्ञप्तीमा भनिएको छ ।  मोर्चाका संयोजक राजेन्द्र दाहाल र सदस्य सचिव झहरमान थेवेको संयुक्त हस्ताक्ष्यरमा विज्ञप्ती जारी गरेको छ । 

विगतका गतिविधि सच्याउँदै आ.ब.२०८२।०८३ को बजेट अविलम्ब पारित गरी इटहरीका जनतालाई विकासको प्रत्याभुती गराउन मोर्चाले माग गरेको छ । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]