• साउन ९, २०८२
  • जुनकिरी खबर

सुनसरीमा प्रहरी हुँ भनी धाकधम्की दिँदै रकम असुली

alt

सादा पोशाकमा प्रहरी कर्मचारी हुँ भनी विभिन्न व्यक्तिहरूलाई धाकधम्की दिँदै रकम असुल गर्दै आएका सुनसरीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा इनरुवा नगरपालिका–९ निवासी ३० वर्षीय पवन मेहता रहेका छन्।

उनले आफू जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत सादा पोशाकका प्रहरी भएको भन्दै विभिन्न व्यक्तिहरूबाट रकम असुल गर्दै आएको भन्ने सूचनाका आधारमा प्रहरी परिचालन गरिएको थियो। प्रहरीका अनुसार २०८२ साउन ८ गते साँझ ७ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट पोखरी चोकबाट खटिएको संयुक्त प्रहरी टोलीले भोक्राहा नरसिंह गाउँपालिका–५, चप्राहा स्थितबाट को १५ प ८८७ नम्बरको मोटरसाइकलसहित मेहतालाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका मेहतालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]