• साउन १३, २०८२
  • जुनकिरी खबर

कोशीमा विद्युत् ट्रान्सफर्मर चोरीको घटना बढ्यो

alt

कोशी प्रदेशका तीन जिल्लामा विद्युत् ट्रान्सफर्मर चोरीको घटना बढेको छ । मोरङ, झापा र सुनसरीमा मात्र एक वर्षमा २२ वटा ट्रान्सफर्मर चोरी भएको प्रहरीको तथ्याङ्कले देखाउँछ ।

सबैभन्दा बढी चोरी सुनसरीमा भएको प्रहरीले जनाएको छ । सुनसरीमा १२ वटा, मोरङमा ८ वटा र झापामा २ वटा ट्रान्सफर्मर चोरी भएको विद्युत् प्राधिकरणले जनाएको छ । पछिल्लो दुई दिनमा सुनसरीमा २ ट्रान्सफर्मर चोरी भएका छन् । साउन ६ गते सुनसरीको वराहक्षेत्र–४ जमटोकीमा ट्रान्सफर्मर चोरी भएको थियो । त्यसको तीन दिन नबित्दै साउन ९ गते देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाही राजाजीथानमा ट्रान्सफर्मर चोरी भएको प्रहरीले जनाएको छ । यसअघि जेठ महिनामा मात्र सुनसरीमा ३ वटा ट्रान्सफर्मर चोरी भइसकेका थिए । असार २ गते २ वटा र चैत २४ गते एउटा ट्रान्सफर्मर चोरी भएको विद्युत् प्राधिकरणले जनाएको छ ।

मोरङमा पनि ट्रान्सफर्मर चोरीको शृङ्खला रोकिएको छैन । जेठ २१ गते ग्रामथान गाउँपालिका–६ झप्टा, जेठ २२ गते रङ्गेली नगरपालिका–७ हराङकालिका र जेठ २३ गते रङ्गेली नगरपालिका–१ जिरायत टोलमा ३ वटा ट्रान्सफर्मर चोरी भएका थिए । झापामा २ वटा ट्रान्सफर्मर चोरी भइसकेका छन् । जुन प्रायः बस्ती नभएका क्षेत्र र सिँचाइ योजनाका लाइनहरूमा जडान भएका थिए । सुनसरी र मोरङका ग्रामीण क्षेत्रमा विद्युत् आपूर्तिका लागि जडान गरिएका ट्रान्सफर्मरहरू लगातार चोरी भएको नेपाल विद्युत् प्राधिकरण कोशी प्रदेशका प्रमुख राजीव सिंहले जानकारी दिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]