• साउन २३, २०८२
  • जुनकिरी खबर

इटहरीको सडकमै स्थानीयले रोपे धान

alt

इटहरी उपमहानगरपालिका–१० स्थित ओसियन पार्क नजिकको सडकमा स्थानीयवासीले सडकमै धान रोपेर विरोध जनाएका छन्। वर्षौंदेखि मर्मत नहुँदा हिलाम्य बनेको सडकको दयनीय अवस्थाप्रति स्थानीय सरकारको ध्यानाकर्षण गराउन धान रोपिएको हो।

स्थानीयका अनुसार केही समयदेखिको अविरल वर्षापछि बाटो हिँड्नै नसकिने गरी हिलाम्य बनेको छ। मोटरसाइकल र साना सवारी साधन तथा पैदल हिँड्नसमेत मुस्किल हुने स्थितिमा सडक पुगेको भन्दै उनीहरूले बाटोमै धान रोपेका हुन्। धान रोपेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चासोको विषय बनेको छ।

सडक मर्मतको माग गर्दै स्थानीयवासीले वडा कार्यालयमार्फत मिस गिटीको माग गरेका थिए। वडा कार्यालयले ‘स्टिमेट’ तयार पारी इटहरीका मेयर हेमकर्ण पौडेलसमक्ष तोक आदेश अनुरोध गरे पनि तत्कालीन रूपमा सुनुवाइ नभएको स्थानीय बताउँछन्। एक स्थानीयका अनुसार धान रोपिएको विषय थाहा पाएपछि मेयर पौडेलले असन्तुष्टि जनाएका थिए। तर पछि स्थानीयवासीसँगको छलफलपछि पाँच टिपर मिस गिटी दिने पौडेलले आश्वासन दिएका छन्।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]