• साउन ३०, २०८२
  • जुनकिरी खबर

इटहरीका मेयर पौडेलको कार्यशैलीको संसदमा उठ्यो आवाज

alt

इटहरीका मेयर हेमकर्ण पौडेलको कार्यशैलीको चौतर्फी विरोध भइरहँदा संघीय संसदमा समेत आवाज उठेको छ । पछिल्लो समय आलोचित बन्दै आएका मेयर पौडेलको कार्यशैलीको विषयमा विरोध जनाउँदै संघीय सांसद भगवती चौधरीले सदनमा आवाज उठाएकी हुन । 

विहिबार संघीय संसदको बैठकमा बोल्दै सुनसरी क्षेत्र नम्बर ३ की सांसद चौधरीले मेयर पौडेलको कार्यशैली र अभिव्यक्ति लोकतन्त्र माथीको प्रहार भएको बताइन् । उनले लोकतन्त्रको रक्षा गर्न सदन र सरकारलाई ध्यानाकर्षण समेत गराइन् । 

मेयर पौडेलले गत असार २० गते आफ्नो सामाजिक सञ्जाल फेसबुकमा इटहरीको समग्र पत्रकारितामाथि बदनाम गराउने मनसायले दिएको अभिव्यक्ति प्रति लक्षित गर्दै सांसद भगवती चौधरीले टिप्पणी गरेकी हुन् ।

उपमहानगरमा हुने गरेको बिकृती बिसङगती बिरुद्ध प्रश्न गर्ने र आलोचना गर्नेलाई मेयर पौडेलले प्रहरी लगाएर थुन्ने काम भएको सांसद चौधरीको भनाइ छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]