• भदौ १२, २०८२
  • जुनकिरी खबर

इनरुवाका वडाध्यक्ष थापा विरुद्ध पक्राउ पुर्जी जारी

alt

इनरुवा नगरपालिका-६ का वडाध्यक्ष सुमन थापा विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। थापा विरुद्ध शरीर अंगभंगको फौजदारी अभियोगमा मुद्दा दर्ता भएपछि जिल्ला अदालत सुनसरीबाट प्रहरीले पक्राउ पुर्जीको अनुमति लिएको हो।

सरकारी पदमा रहेका जो कोही विरुद्ध अदालतमा मुद्दा दर्ता हुने बित्तिकै पद निलम्बनमा पर्छ। तर वडाध्यक्ष थापाले मुद्दा दर्ता र पक्राउ पुर्जी जारी हुँदा समेत वडाको दैनिक कामकाज तथा नागरिकलाई नागरिकता लिन जिल्ला प्रशासन कार्यालय सुनसरीलाई सिफारिस गरेको पाइएको छ। 

२०८१ साल फागुन २२ गते साँझ चतराबाट कान्छीचोकतर्फ आउँदै गर्दा थापाले चलाएको बा २१ च ६८८८ नम्बरको कारले प्र.१–०२–०४४प ७४२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटर साइकलको पछाडि सवार रहेकी देविका खनाल गम्भीर घाइते भएकी थिइन। 

विभिन्न अस्पतालमा उपचार गरी डिस्चार्ज भएकी उनी हाल अशक्त अवस्थामा छिन। त्यसपछि पीडित पक्षले उच्च अदालत विराटनगरमा  रिट निवेदन दर्ता गरेपछि उच्च अदालतले भदौ ३ गते जिल्ला सरकारी वकिल कार्यालयलाई कारणसहित जवाफ दिन आदेश दिएपछि थापा विरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ।

गत साउन १६ गते मुद्दा दर्ता भई साउन २० गते थापा विरुद्ध पक्राउ पुर्जी जारी भएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए। उनले वडाअध्यक्ष फरार रहेकाले उनलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको बताए। सुनसरीका अधिवक्ता वसन्त सुवेदीले शरीर अंगभंगको मुद्दा फौजदारी मुद्दा भएकोले  मुद्दा परेपछि सार्वजनिक पद धारण गरेको व्यक्ति कानुनअनुसार स्वतः निलम्बन हुने बताए। तर वडाध्यक्ष थापाले भदै ८ गतेसम्म कार्यालयको कामकाज गरी ९ गतेदेखि वडा सदस्य कृष्णकुमार श्रेष्ठलाई कार्यवाहक तोकेर फरार रहेका छन्। 

प्रहरीको फरार सूचीमा रहेका वडाध्यक्ष थापाले भने उपप्रधानमन्त्री प्रकाशमान श्रेष्ठ र गृहमन्त्री रमेश लेखकलाई भेटेर कारबाहीबाट जोगाउन अनुरोध गरेको बुझिएको छ। थापाले उपप्रधानमन्त्री श्रेष्ठ  र गृहमन्त्री लेखकलाई भेटेको फोटो समेत अन्नपूर्ण पोस्टलाई प्राप्त भएको छ। फरार रहेका थापालाई फोन सम्पर्क गर्दा उनको फोन अफ थियो। 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]