• भदौ २५, २०८२
  • जुनकिरी खबर

सुनसरी जिल्ला सिमाना कायम गरी आज साँझ देखी कर्फ्यु आदेश

alt

सुनसरी जिल्लालाई सीमा क्षेत्र कायम गरी आज बुधवार साँझ ५ बजे देखी भोली बिहीबार बिहान ६ बजे सम्मका लागि जिल्ला प्रशासन कार्यालयले कफ्यु आदेश जारी गरेको छ ।प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रद्वारा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम कर्फ्यु आदेश जारी भएको हो । कर्फ्युको अवधिमा सुनसरी जिल्ला सीमा क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न नहुने, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको उल्लेख छ ।

आदेशको अवधिमा अत्यावश्यक सेवाका सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरू, सञ्चारकर्मीहरू, पर्यटक, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधनहरू आवागमनमा सुरक्षाकर्मीहरूबाट सहजीकरण हुने जनाइएको छ ।

cerfue

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]